१४ बैशाख २०८१, शुक्रबार

हिम्मतवाली, आश्विनी

15226463_326752647710681_1009637676_n

दिपक के.सी,चन्द्रौटा,कपिलवस्तु मंसीर १४ ,

हामी सबैले मेला महोत्सव पक्कै पनि मौतका कुवा खेल त हेरेकै छौं । अग्लो ठाडो भित्तामा कार,बाइक दौडाएको हामीले मज्जा मानि हेर्छौ ।

तपाईले कतिले हेर्नु भएकोछ ? त्यस्तो खतरपूर्ण खेलमा कति रिक्स हुन्छहोला । भित्तामा बाइक दौडोनु सानो मुटु र हिम्मतले सकिदैन । त्यसको तालिम र म गर्न सक्छु भन्ने आत्मविश्वास र हिम्मत चाहिन्छ ।

बुटवल फुलबारी की आश्विनी के.सी. ले यो खतरापूर्ण खेल देखाएर लाखौं दर्शकलाई मनोरन्जन दिदै आएकी छिन । २४ औं बसन्त पार गरेकी आश्विनीले भित्तामा बाइक दौडाउदा धरै हुटिङ्ग र तालि आउने गर्दछ ।

हेदै गर्दा कति आँटिली केटी हो भन्दै दर्शक मनोरन्जन लिने गर्दछन । राजधानी इन्स्योमेन्ट संघ करिब १ बर्ष अघि देखि जोडिएकी आश्विनी आफुलाई स्टयाण्ड गरेको देखेर दर्शक खुसि हुदाँ निकै आन्नद आउने गरेको बताउछिन ।

सानै देखि उट्पट्याङ्ग गरेर केहि फरक गर्ने सोच भएकी आश्विनीलाई अहिले आफ्नो करियर पनि यहि मौतका कुवाँमा स्ट्ण्ड गर्लका रुपमा बनाउने लक्ष्य रहेको छ । खेल हेरे पछि जो कोहीले पनि उनलाई अहिले हिम्मतवालीको उपमा दिदै आएका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट