जसपा नेता चौधरी (बड़कु) लाई पार्टी झण्डा ओढ़ाई सम्मान सहित अन्तिम विदाई

कपिलवस्तु , जेठ २० ।
कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ७ निवासी जसपाका केन्द्रीय सदस्य राम प्रकाश चौधरीको असामायिक निधन भएको छ । उहाँ जिल्ला कै पश्चिम दुर्गम क्षेत्रमा जन्म भई राम प्रकाश चौधरी बड़कुको नाम बाट प्रख्यात थिए। किसानको घरमा जन्मिएका भए स्थानीय स्तरमा राजनिति गर्दै आएका थिए तर ६२/६३को जन आन्दोलनमा सक्रिय रुपले राजनीति उदाएका नेता थिए। शुरु देखि हालसम्म मधेस र मधेसी केन्द्रित रही राजनिति गरी देश बिकासमा टेवा पुर्याएका लोकप्रिय नेता थिए। पछिल्ला समयमा नेपाल सदभावना पार्टीबाट उदाएका नेता हाल जसपा (महन्थ ठाकुर राजेन्द्र महतोको नेतृत्वमा) रही सक्रियताका साथ राजनितिक जीवन ब्यतित गर्दै आएका थिए।
उहाँले लामो समयदेखि राजनीति क्षेत्रमा समाजसेवा गर्दै आउनुभएको थियो । उहाँ जनता समाजवादी पाटी नेपाल (जसपा) का केन्द्रीय सदस्य थिए । प्रदेश सभा निर्वाचनमा प्रदेश सदस्य पदमा चुनाव लडेका थिए । विजयनगर गाउँ पालिकाले एउटा होनहार युवा नेता , सामाजिक अभियन्ता र असल अभिभावक गुमाउँदा अपूर्णीय क्षतिले गाउँपालिका नै शोकमा डुबेको छ।
अहिले विश्वभरी नै कोरोनाको आतंक बाट आतंकित र भयभीत रहेको छ। कोरोना महामारीबाट संक्रमित भई धेरैले ज्यान गुमाएका छन्।बड़कू बाबु पनि कोरोना संक्रमणबाट टाढा रहेनन्। उहाँ कोरोना संक्रमित भई जिल्ला अस्पताल तौलिहवामा करिब ३ हप्तासम्म भर्ना भई उपचाररत रहनु भएको थियो । विस्तारै विस्तारै उहाँको स्वास्थ्य अवस्था सुधार भइरहेको थियो तर सोचेजस्तो सुधार नहुँदा थप उपचारका लागि भारतको लखनऊ सहारा अस्पतालमा भर्ना भई ३ दिन सम्म उपचाररत रहदा निधन भएको र उहाँको पार्थिक शरीर ल्याई परम्परागत रूपमा अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टिको बेला जसपा बाट पार्टीको झण्डा ओढ़ाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। श्रद्धाञ्जली अर्पण गर्नेमा जसपाका केन्द्रीय सदस्य रविदत्त मिश्रा लगायतका मंगल प्रसाद गुप्ता, रामनिवास पुरी , बालाजी प्रसाद चौधरी,सन्तराम तेली र अन्य नेताहरुको उपस्थिति रहेको थियो। जसपाले कर्मठ, युवा,निडर, सहासी र जुझारू व्यक्तित्व गुमाएका छौं। जुन हाम्रो लागि अपुरणीय क्षति भएको छ । उहाँको अन्त्येष्टि कार्यक्रममा कपिलवस्तु क्षेत्र नं.३का सभासद अभिषेक प्रताप शाह, विजयनगर गाउँ पालिका अध्यक्ष गोपाल बहादुर थापा, पालिकाका वडाध्यक्षहरुको समेत उपास्थिति रहेको थियो।
