राजपा र समाजबादी पार्टी एकीकरण नै सबभन्दा ठुलो भूल थियाे : राजगुरु

सेयर गर्नुहोस

कपिलवस्तु , जेठ १८। जसपाका केन्द्रीय सदस्य तथा रविदत्त मिश्र (राजगुरु)ले पार्टीमा देखिएकाे अहिलेकाे विवादकाे मुख्य कारण नै राजपा र समाजवादी पार्टीकाे एकीकरण  रहेेेकाे बताए ।
दुई फरक विचारधाराकाे नेतृत्व गरिरहेका पार्टीकाे विधान र कार्यकर्ताकाे मन मिलेमात्र एकीकरण सार्थक हुने नेता रविदत्त मिश्रकाे भनाई छ। एकीकरण पश्चात् जसपा अर्थात जनता समाजबादी पार्टी याे देशमा एउटा बैकल्पिक शक्तिकाे रुपमा उदयमान भएकाे थियाे साथै अहिले अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महताेले मधेशका विभिन्न मुद्दा समबाेधन गराउन लागेकै बेला उपेन्द्र जी र बाबुरामजीले पार्टीभित्र गेम खेलेर मुद्दा सम्बाेधनमा बाधा पुर्याएकाे आराेपसमेत उनले लगाए ।
उनी भन्छन – प्रधानमन्त्री केपी ओलीकाे सरकारमा उपेन्द्र यादव उपप्रधानमन्त्री हुंदापनि मधेशी ,थारु, जनजाति ,मुस्लिम, दलित लगायतका सिमान्तकृत समुदायकाे माग सम्बाेधन गराउन असफल भए त्यही कारण महन्त ठाकुर नेतृत्वले आफ्नाे अगुवाईमा प्रम ओलीसंग सहकार्य गरि जन्मशिद्ध नागरिकता विवाद,संविधान संशोधन कार्यदल गठन , कैद बन्दी रिहा लगायतका मुद्दा सम्बाेधन गराउन सफल भयाे । कैदबन्दीमा मपनि थिएं , सम्मान्निय राष्ट्रपतिद्वारा सजायमाफी पाएकाे छु । सरकारमा जान नपाएर जसपा नै बिखण्डन गराउने खेलमा लागेका कारण उपेन्द्र यादव पार्टीको संसदीय समितिमा अल्पमतमा परेका थिए । तर संसद विघटनपछि कार्यकारिणी समितिमा बहुमत काे दम्भ देखाउदै महन्त ठाकुर , राजेन्द्र महताे, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट कार्यवाही गर्नु अनैतिक र अवैधानिक हाे । शुरुमा जसपा पार्टी एकीकरण गर्दा पनि भूल भएकै हाे । समाजबादीमा पहिलेदेखि जातिए विभेद थियाे तर पछि राजपा एकीकरण हुंदा त्यहि विभेदले फैलिने माैका पायाे र आजकाे अवस्थामा पार्टी पुग्याे ।
नेपालकाे राजनितिमा आफ्नाे अलग पहिचान बनाएका महन्त ठाकुर र राजेन्द्र महताे मात्र मधेशप्रति इमानदार रहेकाे उनकाे दाबी छ । सबै अवसरवादीहरुका कारण जसपा फुट्नेछ ।

Facebook Comments Box