१४ बैशाख २०८१, शुक्रबार

चन्द्रौटा महोत्सव सम्पन्न

डेढ लाख दर्शकद्वारा मेला अवलोकन, ७ करोडको कारोबार

unnamedकपिलवस्तुटाइम्स/ कपिलवस्तु, १३ मंसिर । व्यापार संघ कपिलवस्तुले यही मंसिर २ गतेदेखि संचालन गरेको “चन्द्रौटा तेस्रो कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७३” भव्यतापूर्वक सम्पन्न भएको छ ।

स्थानीय कृषि तथा घरेलु उत्पादनको विक्रीवितरण, बजारीकरण, धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रचार र प्रवद्र्धनका साथै बहादुरगञ्जस्थित सर्पदंश उपचारकेन्द्रलाई सहयोगार्थ संचालन गरिएको महोत्सव चुनौतीका बावजुत पनि निकै सफल भएको आयोजकको दाबी छ । “कृषि, पर्यटन उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार” भन्ने मुख्य नारासहित संचालन गरिएको महोत्सव मंसिर १२ गते सकिएको आयोजक संस्थाका अध्यक्ष एवं मेला मूल आयोजक समिति संयोजक महादेव पोखरेलले बताउनुभयो ।

महोत्सव समापनका अवसरमा अध्यक्ष पोखरेलले १ लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गरेको जानकारी दिनुभयो । महोत्सव अवधिभर करीब ७ करोडको कारोबार भएको पोखरेलले दाबी गर्नुभयो । गेट टिकट विक्री, पार्किङ, बालउद्यान, टेक्टर विक्री तथा प्रदर्शनीमा राखिएका विभिन्न सामान विक्रीबाट सो बराबरको कारोबार भएको पोखरेलले बताउनुभयो ।

गत २०७१ सालमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले पहिलो पटक महोत्सवको शुरुवात गरेको थियो । त्यस्तै गतवर्ष २०७२ मा चन्द्रौटा उद्योग वाणिज्य संघले महोत्सव संचालन गरेको थियो । मेला महोत्सवलाई निरन्तरता दिंदै यस वर्ष व्यापार संघ कपिलवस्तुले महोत्सव संचालन गरी सफलता पूर्वक सम्पन्न गरेको हो ।

unnamed-1महोत्सव समापनको अवसरमा प्रमुख अतिथि सांसद बलराम अधिकारीले स्थानीय उत्पादन तथा धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार, विकास र प्रवद्र्धनका लागि मेला महोत्सव आवश्यक रहेको बताउनुभयो । उहााले मेला महोत्सवबाट संकलित रकमबाट ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । महोत्सव भव्यताका साथ सफल बनाउन यस क्षेत्रका सम्पूर्ण बासिन्दाहरुको अहम भूमिका रहेको औल्याउादै प्रमुख अतिथि अधिकारीले यसले सम्पूर्ण जातजाति, भाषाभाषी विचार एवं धार्मिक आस्था राख्ने समुदायबीच एकता, सद्भाव र भाइचाराको सम्बन्ध विस्तामा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस किसिमको सामाजिक कार्यलाई सबै मिली निरन्तरता दिनुपर्नेमा उहााले सुझाव दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि सांसद एवं पूर्व कृषि मन्त्री अकबाल अहमद शाहले स्थानीय उत्पादन, पर्यटकीय क्षेत्रको विकास, प्रवद्र्धन र बजारीकरणका लागि पनि मेला महोत्सव आवश्यक रहेकोमा जोड दिनुभयो । उहााले सांसदहरुले पनि आफ्नो ठाउाबाट जनताकै लागि काम गरिरहेको भन्दै सांसदलाई गालीगलोजभन्दा पनि काम गर्न हौसला दिनुपर्ने बताउनुभयो । जनताको साथ रहेमा आफूहरुलाई पनि काम गर्न थप उर्जा मिल्ने उहााले विश्वास व्यक्त गर्नुभयो । साथै उहााले चन्द्रौटा महोत्सव भव्यताका साथ सफल भएकोमा शुभकामना व्यक्त गर्नुभयो ।

यसैगरी कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रौटाका उपसचिव मेघनाथ पाध्या, सशस्त्र प्रहरी बल विन्ध्याबासिनी गण चन्द्रौटाका सशस्त्र प्रहरी उपरीक्षक सुवर्ण थापामगर, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, नागरिक अगुवा लगायतले मेला सोाचे भन्दा पनि राम्रो तरिकाले सफल भएकोमा गर्भ महसुस भएको बताउादै आयोजकलाई बधाई दिएका थिए ।

कार्यक्रमकै अवसरमा प्रदर्शनीका विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने व्यक्ति तथा स्टलहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । मेला महोत्सवलाई सफल बनाउन अहोरात्र खट्ने सम्पूर्णलाई मायाको चिनोले सम्मान गरिएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट