भीम रावलमा मधेशी नेतृत्वलाई हेप्ने प्रवृति बढ्दै

सेयर गर्नुहोस
फाइल तस्बिर

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले जनता समाजवादी पार्टी (जसपा) का मधेशी नेतृत्वलाई हेप्ने टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै जसपालाई २० मन्त्रालय दिएर बाँकी आफूसँग राख्न भनेका छन् । साथै उनले प्रधानमन्त्री ओलीले ‘लम्पसार परेर महन्त ठाकुर-राजेन्द्र महताे लगायतका मधेशी नेतृत्व दिंदा बाहिरि शक्ति मख्ख पर्ने काम गरेको आराेप लगाएका छन ।
सोमबार राति सामाजिक सञ्‍जालमा उनले लेखेका छन्, ‘जसपा (महन्थ पक्ष) लाई ८ मन्त्री र २ राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाइ आयो। प्रम केपीले लम्पसार नै हुनुछ भने जसपा नेतालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफूसँग राखेर पूरै समर्पण गरी धूपबत्ती गरे कसो होला! यसो गर्दा खुसी पार्नुपर्ने ‘शक्ति’ पनि मक्ख पर्ने!’

Facebook Comments Box