२५ मंसिर २०८१, मंगलवार

संशोधन प्रस्ताव यथाशीघ्र संसदमा दर्ता गर्न महतोको आग्रह

press-munchअंकुश श्री /कपिलवस्तु, १३ मंसीर
सद्भावना पार्टी जिल्ला कमिटिको आयोजनामा तौलिहवामा आएका कार्यकर्ता प्रशिक्षण कार्यक्रममा  केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनका लागि दलहरु गम्भिर नरहेको आरोप लगाएका छन ।

       कार्यकर्ता प्रशिक्षणका लागि मधेशका बिभिन्न जिल्ला हुदै कपिलबस्तु पुगेका महतोले प्रेस मंच नेपालको कपिलबस्तु शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा  मोर्चाले दिएको १५ दिने समय सीमा समाप्त हुन लागेको र संविधान संशोधन  प्रस्ताव संसदमा दर्ता गर्न् समय पनि बढाउदै गएका दलहरु गम्भिर छैनन , संशोधन दर्ता भए पछि मात्रै मोर्चाले प्रस्तावका बारेमा आफ्नो धारणाा प्रस्तुत गर्ने बताए ।

नेता महतोले मोर्चासंगको संझौता अनुरुप मधेश आन्दोलनका घाईतेहरुलाई औषधी उपचार, मृतक परिवारलाई राहत र ज्यान गुमाएका हुरुलाई शहिद घोषणा जस्ता सकारात्मक सकारात्मक काम गरेको प्रति नेता महतोले सरकारलाई धन्यवाद दिएका छन् ।
सो कार्यक्रममा नेपाली कांग्रेशमा २५ बर्षदेखि लागेका शिवकुमार गुप्ता तथा तराई मधेश लोकतान्त्रिक पार्टीका तर्फबाट दोस्रो संविधान सभामा क्षेत्र नं २ का उम्मेदवार मधुसुदन शरण चौधरी सहित २ दर्जन कार्यकर्ताहरु सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।पत्रकार सम्मेलनमा आन्दोलनरत मधेशी मोर्चाको माग संवोधन हुने गरी संविधान संशोधन प्रस्ताव यथाशीघ्र संसदमा दर्ता गर्न मोर्चाका नेता राजेन्द्र महतोले सरकारलाई आग्रह गरेका छन् ।

धेरै कमेन्ट गरिएका