जनस्तरमा राजसंस्था र हिन्दु राष्ट्रको माग बढ्दै

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले जनस्तरमा शाहवंशीय राजसंस्था र हिन्दु राष्ट्रको माग बढ्दो क्रममा रहेको दावी गरेका छन् ।
राप्रपाको ३१ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र सनातन हिन्दु राष्ट्रको आवश्यकतामा जोड दिएका हुन् ।विधी, संविधान, लोकतन्त्रको अवमूल्यन भएको भन्दै राणाले चिन्ता प्रकट गरेका छन् ।पार्टी स्थापना दिवसको अवसरमा शनिबार जारी सन्देशमा उनले सम्पूर्ण पार्टी सदस्य एवं शुभचिन्तकहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

‘विधी, संविधान, लोकतन्त्रको अवमूल्यनबीच राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र हिन्दु राष्ट्रको माग बढ्दो छ,’ राणाले भने ।यसैगरी राप्रपाका अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीले लम्पसारवादलाई स्विकार गर्न नसक्ने बताएका छन् । उनले जातियता र क्षेत्रवादमा विश्वास नराख्ने भन्दै कुनै पनि धर्मको अनादर नगर्ने बरु सबैको सम्मान गर्दै आएको बताए । तर आफ्नो धर्म र संस्कृति माथिको प्रहार लाई कदापी स्वीकार गर्न नसकिने उनको भनाइ छ ।