प्रचण्ड द्वारा दीपक पाण्डेको हत्यारालाई कार्यवाईको माँग

सेयर गर्नुहोस

कपिलवस्तु ।

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कपिलवस्तुमा हत्या गरिएका माओवादी केन्द्रका जिल्ला सदस्य दीपक पाण्डेको हत्यारालाई कानूनी दायरामा ल्याई हदैसम्म कार्यवाईको माग विज्ञप्ति द्वारा गरेका छ।
मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष प्रचण्डले प्रहरी हिरासतमा रहेका दोषीहरुलाई कानूनी कार्यवाई गर्न र फरार रहेको दोषीलाई चाडै अनुसंधान गरी सार्वजनिक गर्न नेपाल सरकार संग जोडदार माग गर्नु भयो। गत बुधबार कपिलवस्तु नगरपालिकाको सडवा गाउँमा तीन जना सवार हत्याराहरु पाण्डेको गोली हानेका थिए । घाइते पाण्डेको भैरहवा र काठमाडौमा उपचारको क्रममा मृत्यु भएको छ। हत्याको आरोपमा लुम्बिनी प्रदेश सभा सदस्य सहसराम यादवका स्वकीय सचिव ओम प्रकाश यादव र सकीर अलि प्रहरीको हिरासतमा छन भने घटनामा संलग्न एक जना फरार रहेको र अनुसंधान भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

Facebook Comments Box