नागरीक समाजका अगुवाहरु बर्तमान संविधान सिमान्कनको विषयमा गम्भीर : नागरीक अगुवाहरु
नेपालगंजमा नागरिक समाजका अगुवाहरु सम्मानित
नेपालगंज, मंसिर । मधेसी नागरीक समाज बााकेले गरेको आयोजनामा बर्तमान संविधान सिमान्कनमा मधेश र मधेशीको अवस्था समस्या एवम समाधान विषयक अन्तक्रिया कार्यक्रम नेपालगंज बाकेमा सम्पन्न भएको छ ।विगत लामो समयदेखि मधेसको अधिकारको लागि भैरहेको मधेश अन्दोलन विभिन्न क्रियाकलापलाई मध्येनजर गरेर यो कार्यक्रम आयोजना गरीएको थियो । मधेसी नागरीक समाज बाकेका संयोजक आशिष गुप्ता को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख बक्ताका रुपमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, बक्ता एवं पुर्व सभामुख दमननाथ ढुंगाना, नागरिक समाजका अगुवा डा सुरेन्ऽ मणी दिक्षित, अधिवक्ता सुरेन्ऽ महतो,नागरिक समाज के अध्यक्ष गणेश मंडल, पुर्व गृह राज्यमन्त्री , नब बिचार समूह का संयोजक एबम नै पार्टी का एलायन्स का संयोजक रिजवान अन्सारी, पुर्व मन्त्री गोबिन्द चौधरी, सभासद नरसिंह चौधरी, सभासद मीना चौधरी , सभासद काशिम सिद्दिकी, बरिष्ठ पत्रकार पन्ना लाल गुप्ता चाचा को ,आदि लगाएको उपस्थिती रहेको कार्यक्रमको सञ्जालन रामकुमार दिक्षितले गरेका थिए । अन्तक्र्रिया कार्यक्रममा मधेशी नारिगक समाज का पूर्व सयोजक तथा प्रेस स्वान्त्रत सेनी पान्न लाल गुप्ताले प्रक्रियावादीले भ्रमको खेती गरेर आम नागरिकलाई अलमलाउने काम गरेको र आन्दोलनलाई ठोस निष्कर्षमा नपुर्याई गलाउने र ठकाउने काम भएकोले चिन्ता व्यक्त गरेका छन् ।वार्ताको नाममा यो सरकारले आन्दोलनलाई दबाउने काम गरेको आरोप गुप्ताले लगाएका छन् । कार्याक्रमा सम्बोधन गदै सदभावना पार्टी नसिंङ चौधरी भने वर्षौदेखि मधेशी जनतालाई शोषण गरि उनीहरुका हक अधिकारलाई कुष्ण्ठित गरिएकोले पछिल्लो समयमा नेपालमा भएको जनआन्दोलन तथा मधेश आन्दोलनले उनीहरुका मुद्दालाई अगाडी बढाएको समयमा दोस्रो संबिधान सभाले जारी गरेको सबिधानमा मधेशी, आदीबासी, तथा पछाडी पारिएका समुदायको हक अधिकारलाई कटौती गरिएको मागलाई संशोधन गर्नका लागि थालिएको यो आन्दोलन कुनै जाती, वर्ग समुदायको नभई पहिचानको आन्दोलन भएको मधेशी समुदायका चौधरीले बताए । सथै मधेश र मधेशी जनताको अधिकार पहिचान को विषयमा काम गरेको ले अधिवक्ता सुरेन्ऽ महतो, मधेशी नागरिक समाज के अध्यक्ष गणेश मंडल, बरिष्ठ पत्रकार पन्ना लाल गुप्ता चाचालाई मधेशी नागरिक समाज नेपालगञ्जले सम्मान गरेको छ । यस कार्यक्रममा नागरिक बुद्धिजीवि, पत्रकार, सर्वसाधारण विभिन्न पार्टीको कार्यकर्ता लगायत एक हजार जनाको उपस्थिति रहेको थियो ।