महताेद्वारा विपद व्यवस्थापनका लागि ८० लाख प्रदान

जनकपुर । राजेन्द्र महतोले द्वारा आफ्नो संसदीय कोषबाट ८० लाख रुपैया करोनाको महामारी लाई मध्य नजर गर्दै धनुषा जिल्लामा कोविड-१९ नियन्त्रण तथा अक्सिजन व्यवस्थापनको लागि प्रदान गर्नुभएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं.३ मिथिला आयुर्वेदिक रिसर्च सेन्टर,गंगुलीमा अस्थायी १५ सैयाको ,काेविड अस्पताल संचालन गर्न रू २० लाख नगराईन नगरपालिका कोषमा दिनुभएको छ । अक्सिजनको अभावले कसैको अकालमै ज्यान गुमाउनु नपरोस् भन्दै जनकपुरधाम उपमहानगरपालिकालाई अक्सिजन खरिद गरी क्लोथ बैंक द्वारा संचालित अक्सिजन बैंक लाई हस्तान्तरण गर्न रु.१० लाख दिनुभएको छ ।
साथै जनकपुरधाम उपमहानगरपालिकामा कोविड-१९ को जोखिम बढिरहेकोले कोविड-१९ रोकथाम तथा नियन्त्रणको लागि जनकपुरधाम उपमहानगरपालिका द्वारा संचालित जोखिम न्युनीकरण तथा विपद व्यवस्थापन कोषमा रु.५० लाख दिनुभएको छ ।
Facebook Comments Box
