चिनियाँ राजदुतकाे सक्रियता बढ्याे, विपक्षी गठबन्धनका नेतासंग सम्पर्क शुरु

सेयर गर्नुहोस
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा विपक्षी गठबन्धन गएका बेला उत्तरी छिमेकी चीन पुन: सक्रिय भएको छ । यसअघि पुस ५ को विघटनमा एक पद छोडेर निकास दिन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिएकी चिनियाँ राजदूत फेरि सक्रिय भएकी छन् । यो बिचमा ओलीलाई हटाउन थुप्रै प्रयास गरे पनि राजदूत होउ यान्छी सफल भइनन् ।

अहिले ओलीले फेरि विघटन गरेर चुनाव घोषणा गरेपछि यसलाई उल्ट्याउन र ओलीलाई सरकारबाट हटाउन राजदूत होउ यान्छी सक्रिय भएकी हुन् । राजदूत यान्छीले सोमवार सर्वोच्च अदालतमा विपक्षी गठबन्धनका तर्फबाट मुद्दा दर्ता भएका बेला गठबन्धनका नेताहरुसँग भेट गरेकी छन् ।

यान्छीले नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठ र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेकी हुन् । सोमवार राती ‘ककटेल डिनर’ भेट भएको उच्च स्रोतले जानकारी दियो । ३ घण्टा लामो भेटमा राजदूत यान्छीले विपक्षी गठबन्धनलाई मजबुद बनाउन आफ्ना तर्फबाट सम्पूर्ण साथ सहयोग रहने प्रतिबद्धता जनाएकी थिइन् ।

साथै नारायणकाजी र उपेन्द्रलाई जसपाका सांसदहरु र बढीभन्दा बढी कार्यकारिणी सदस्य विपक्षी गठबन्धनमा सहभागी गराउन सुझाव दिइन् । हालसम्म पनि सहयोग गर्दै आएको र अब पनि जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै राजदूत यान्छीले जसरी हुन्छ विपक्षी गठबन्धनमा बहुमत जुटाउन निर्देशन दिइन् । यो काममा उपेन्द्रलाई नारायणकाजीले साथ दिने भएका छन् ।

यसैगरी राजदूत यान्छीले आगामी चुनावमा पनि माओवादी र जसपा उपेन्द्र पक्षलाई सघाउने वचन पनि दिएको सम्बद्ध स्रोतले बताएको छ ।

‘चुनावमा माओवादी र जसपा मिलेर जाने, मधेसमा चीनको प्रभाव बढाउने र यसका लागि आवश्यक सबै सहयोग हुने चिनियाँ सन्देश छ,’ स्रोतले भन्यो, ‘चुनावका बेला कांग्रेस, एमाले र महन्थ ठाकुरलाई लगायत पार्टी हराउन सबै प्रकारको सहयोग हुने राजदूतको प्रतिबद्धता छ ।’ तर जसरी हुन्छ रणनीतिमा सफल हुन निर्देशन दिएको स्रोतको भनाइ छ ।

‘यसरी त कांग्रेसलाई पनि ड्यामेज गर्ने रणनीति देखिएको छ । अहिले कांग्रेसको टाउकोमा टेकेर अघि बढ्ने, पछि कांग्रेसलाई हान्ने चिनियाँ दाउ देखियो,’ स्रोत भन्छ ।

त्यसो त कांग्रेसले हुम्लामा सीमा मिचिएको कुरा बाहिर ल्याउँदा चीन चिढिएको छ । कांग्रेसलाई प्रो इण्डियन भनेर आक्षेप लगाएको थियो । त्यहाँबाट चिढिएको चीन कांग्रेसलाई ठेगान लगाएर

प्रचण्ड र उपेन्द्रहरुजस्ता वामपन्थीलाई सत्तामा ल्याउने कसरतमा छ । नेपाल पाना

Facebook Comments Box