२३ बैशाख २०८१, आईतवार

नेपाली कांग्रेसद्वारा खुरुहुरियामा अन्तरक्रिया, स्थानीय निर्वाचनमा बहुमत ल्याउन अभियानमा जुट्नुपर्नेमा जोड ।।

सीताराम चौधरी, चन्द्रौटा(कपिलवस्तु), ११ मंसिर । नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाको खुरुहुरियामा अन्तरक्रिया कार्यक्रम गरेको छ । स्थानीय निर्वाचन तथा आन्तरिक विविध विषयमा केन्द्रित रही गाउँ समितिको आयोजनामा अन्तरक्रिया गरेको हो ।
अन्तरक्रियामा प्रमुख अतिथि क्षेत्र नं. ५ का क्षेत्रीय सभापति अकिल मियाले अबको स्थानीय निर्बाचनमा नेपाली कांग्रेसको बहुमत ल्याउन अब सम्पूर्ण कार्यकर्ता अभियानमा जुट्नुपर्नेमा जोड दिए । यसैगरी कार्यक्रममा महाधिवेशन प्रतिनिधिद्वय ब्रम्हनन्द उपाध्याय र हुमकान्त खनाल, विष्णुप्रसाद गुप्ता लगायतले धारणा राखेका थिए । कार्यक्रम खुरुहुरिया गाउँ विकास समिति सभापति राजेश कुमार उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो ।

धेरै कमेन्ट गरिएका