डन्सर हरि बने चलचित्रका नायक
सनिउल्ला धोबी,
कपिलवस्तु मंसीर १२, लामो समय देखी सर्घष गर्दै आएका रिजाल अन्तत नायक नै भए । द्धन्द्धकाल देखी निरन्तर नित्य क्षेत्रमा लागेका उनी अहिले दुई ठुला पर्दाको चलचित्रमा मुख्य नायकको अभिनय गरीरहेका छन । हरी मंसीर २ गते देखी सञ्चालन भैरहेको चन्द्रौटा महोत्सवमा डान्स गुप्रको नेतृत्व गर्दै अहिले चन्द्रौटा आएका छन ।
हरिले डन्स गुप्र मर्फत आप्नो कलालाई देश तथा विदेशमा देखाउदै आएका छन । हरिले नेपालमै चर्चित गीतमा अभिनय गरि आफुलाई कुसल नायकको रुपमा परिचीत गरिसकेका छन । उनले पगल बनी, गरिबले गर्ने माया, झुम झुम माया, गन्दै जादा, तिम्रो मेरो समन्ध को, चित्त नबुजेको कुरामा लगायत ४० वटा सुपरहिट गीतमा अभिनय गरेका छन । हरिले अभिनय गरेका गितहरु युटुबमा सहजै पाइन्छ । १७ बर्ष अनुभाव सम्हल्दै हरि अहिले चलचित्र गजलको छायाङकन गरेर कपिलवस्तु आएका हुन ।
वि.स २०४२ असोज ९ गते विष्णु रिजाल र लक्ष्मी रिजालले हरि शरण यस धर्तीमा पर्दापण गराउनु भएको हो । नेपालगन्जमा जन्मथालो भएको हरिको बाल्यकाल चितवन, काठमाण्डौमा आफ्नो वाल्यकाल सुखद नै रहेको स्मरण गर्नुहुन्छ ।
सानोमा निकै लोभ लाग्दो लजालु स्वभाव भएको रहेका हरि वि.स २०५४ सालमा नित्य गर्दै आज यहा सम्म आइ पुगेका छन ।
बाकेको ज्ञनोदय उच मा बि खजुरामा अध्ययन गरिरहेको समयमा २०५५ मा कोरसमा डान्सरको रुपमा कलाकरतीतको क्षेत्रीमा प्रवेश गर्नुभएका हरि मोडलीङमा दखल राख्नहुन्छ । शुरुवात कोरस भएर डान्सरमा लाग्नुभएका हरी पछि भने एउटा कुशल नायक हुनुभएको हो ।
कलाकरितामा प्रवेश गरिसकेपछि भने गितहरुमा पनि मोडलिङ गर्ने रहर चलेपछि उहाँ क्यामेरामा आफ्नो रुप कस्तो देखिन्छ भनेर एउटामा म्यूजिक भिडियोमा अभिनय गरे । उनको त्यो म्युजिक भिडियो अति नै राम्रो भइपछी अहिले उहाले ४० भन्दा बढी गितमा मुख्य अभिनय गरिसकेका छन ।
४ सय भन्दा बढी कोरसमा डान्स गरेका हरि अहिले ठुलो पर्दाको फिल्मीमा समेत अभिनय गरिरहेका छन । त्यस्तै रिजालको ठुलो पर्दाको चलचित्र चाडै नै बजारमा आउने बताउनु भयो ।