चिनियाँ उईघुर मुस्लिमकाे बाध्य श्रमबाट उत्पादित कपास प्रतिबन्ध , पाकिस्तानमा खुला

सेयर गर्नुहोस
फाइल तस्बिर

एजेेेेेन्सी । अन्तराष्ट्रिय समुदायको आलोचनाका बाबजुद पाकिस्तानले चीनसँग कपास व्यापार जारी राख्ने बताएको ।

चीनको सिन्जियाङमा बाध्य श्रमबाट उत्पादित कपासमा अन्तराष्ट्रिय समुदायले प्रतिबन्ध लगाईरहेको बेला पाकिस्तानले भने कपास व्यापार जारी राखेको छ । सिन्जियाङ क्षेत्रमा हुने कपास उत्पादनमा अल्पसंख्यक उईघुर जातिलाई बाध्य श्रममा लगाएको भन्दै अन्तराष्ट्रिय समुदायले निन्दा गर्दै आएको छ । तर, पाकिस्तानले भने आफ्नो साझेदार मुलुक चीनसँग कपास व्यापार निरन्तर राख्ने घोषणा गरेको छ ।

सिन्जियाङमा मानवअधिकार हनन बिरुद्ध अन्तराष्ट्रिय निन्दाको बेबास्ता गर्दै पाकिस्तानका कपास व्यावसाय निकायहरुले यो केवल चीन बिरुद्ध अन्तराष्ट्रिय शक्तिको राजनीतिक कदम रहेको टिप्पणी गरेका छन् । सिन्जियाङमा मानव अधिकारको बिषयलाई लिएर चीन बिरुद्ध लाग्ने पश्चिमी शक्तिहरुको कदमले आफुहरुलाई फरक नपर्ने पाकिस्तान कपडा निर्यात संघ (पीटीईए) का प्रमुख मुहम्मद अहमदले बताए । विश्वमा २२ प्रतिशत कपास उत्पादन गर्ने चीनले सिन्जियाङमा मात्रै ८४ प्रतिशत कपास उत्पादन गर्ने गदैछ । स्रोत:याहु न्युज

Facebook Comments Box