चीनकाे सिलिन्डर अनुदानमा नरहेकाे, सरकारले झुठाे प्रचार गरेकाे व्यापारीकाे भनाई

सेयर गर्नुहोस
चिनियाँ राजदुतकाे ट्युटरवाल बाट

काठमाडौं । चीनबाट स्थलमार्ग हुँदै ल्याइएको १८ हजार अक्सिजन सिलिण्डरबारे सरकार र निजी क्षेत्रले आ–आफ्नै दावी गरेका छन् ।सरकारका अधिकारीहरुले अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको बताइरहँदा व्यवसायीले भने ती सिलिण्डर आफूहरुले ल्याएको दावी गरेका छन् ।
चीनको स्थलमार्गबाट ल्याइएको १८ हजार सिलिण्डर तातोपानी आइसकेको र उक्त सिलिण्डर सरकारले ल्याउन लागेको उपप्रधानमन्त्री इश्वर पोखरेलका सल्लाहकार गणेश पाण्डेले सूचना दिएपछि व्यवसायीहरुले खासासम्म आएको सिलिण्डर निजी क्षेत्रको भएको जानकारी दिएका हुन् ।
सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले व्यापारिक खासामा आइसकेको ७५ सय थान सिलिण्डिर व्यवसायीहरुले किनेर ल्याएको जानकारी दिँदै त्यसैलाई अनुदानमा दिएको प्रचार उपयुक्त नभएको बताउनुभयो ।शनिबार उपप्रधानमन्त्री पोखरेलसँग आफ्नो मिटिङ भएको र त्यसैलाई लिएर सल्लाहकार पाण्डेले चीन सरकारले अनुदानमा दिएको सिलिण्डर तातोपानी आइपुग्यो भनेर बताएको शेर्पाको भनाइ छ ।सल्लाहकार पाण्डेले भने ल्याइदै गरेको १८ हजार सिलिण्डर सरकार कै भएको जिकीर गर्दै व्यापारीले ल्याउँदै गरेका केही स्वास्थ्य सामग्री रोकिएकामा त्यसको सहजीकरणका लागि मन्त्रालयसँग आग्रह गरेको बताउनुभयो । पाण्डेका अनुसार अहिले ल्याइरहेको सिलिण्डर भने चीन सरकारले नेपाल सरकारलाई अनुदानमा दिएको सिलिण्डर नै हो ।
तातोपानी भन्सार कार्यालयका अधिकारीले पनि खासा आइपुगेको अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको नभइ व्यापारीले ल्याएको बताएका छन् ।व्यवसायिक प्रयोजनका लागि ल्याएको खासा आइपुगेको ७५ सय सिलिण्डर मध्ये २५ सय थान अक्सिजन सिलिण्डर भने सोमबार तातोपानी नाका आइपुग्ने शेर्पाको भनाइ छ ।
दैनिक ३ वटा कन्टेनरमा ती सामग्री नेपाल भित्रने भन्सार कार्यालयले जानकारी दिएको छ । नेपालमा अक्सिजनको हाहाकार भएपछि तातोपानी भन्सार कार्यालयले छिटो आइपुग्ने गरी सिलिण्डर उपलब्ध गराउन चीन सरकारलाई आग्रह गरेको थियो । सोही अनुसार व्यवसायीले सिलिण्डर ल्याएको भन्सार कार्यालयका ती अधिकारीको भनाइ छ । सभार:इमेजखबर

Facebook Comments Box