६ बैशाख २०८१, बिहीबार

नेपाली फिल्म ‘वीर विक्रम २’हिन्दीमा डबिङ हुदै


काठमाडौं ।
करिब दुई बर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम २’को हिन्दी डबिङ गरिएको छ । भारतमा रिलिजको लागि फिल्मको हिन्दी डबिङ गरिएको हो ।
कोरोनाको कारण भारतमा पनि फिल्म रिलिज माहोल नभएकोले अव फिल्म भारतीय यूट्युब च्यानलबाट सार्वजनिक हुने भएको छ ।
फिल्मका निर्देशक मिलन चाम्स हुन् । निर्देशक चाम्सले नै फिल्म हिन्दी डबिङ गरेर सार्वजनिक गर्न लागेको जानकारी दिए । ‘फिल्म हलमा नै प्रदर्शन गर्ने भनेर फिल्मको हिन्दी डबिङ गरेका थियौं । तर, कोरोनाको कारण सो सम्भव हुन सकेन । अब यूट्युबमै रिलिज गर्छाै’ निर्देशक चाम्सले भने ।
फिल्ममा वर्षा सिवाकोटी, पल शाह, नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट