जनताकाे करले किनेकाे गाडी जनताकाे सेवामा प्रयाेग गर्दा फुर्ति कि न लगाउनु ?: नगरप्रमुख शाह

कृष्णनगर ,बैशाख ३१ ।जनताले तिरेकाे करकाे गाडी जनताकै सेवाकाे लागि रहेकाेले बिनाकारण यस्ता विषयमा पनि राजनीतिकरण गर्नु अपरिपक्व राजनितीकाे उदाहरण मात्र रहेकाे नगर प्रमुख रजत प्रताप शाहकाे भनाई छ ।
केही दिनदेखि काेराेना महामारीमा पर्याप्त एम्बुलेन्स पुर्याउन नसकेका स्थानीय तहहरुले नगरप्रमुख ,उपप्रमुखले प्रयाेग गर्दै आएकाे सरकारी गाडीमा एम्बुलेन्स संचालनका लागि दिइएकाे समाचार अहिले ट्रेन्ड बनिसकेकाे भन्दै कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले जनताकाे करले किनेकाे गाडी जनताकै सेवामा प्रयाेग गर्दा मिडियाबाजी नै गर्नुपर्ने कुनै तुक छैन । उनले काेराेना महामारीले अक्रान्त रहेकाे अवस्थामा सबै स्थानीय तहले यस्ता अनावश्यक कुरालाई बढी हल्लागर्नु भनेकाे अपरिपक्क राजनिति मात्र हाे । हामीले प्रयाेग गर्ने गाडी एम्बुलेन्स बनाउन सकिँदैन बरु अतिअवाश्यक स्वास्थ्य सामग्रीहरु ढुवानी गर्न प्रयाेग गर्न सकिन्छ । कृष्णनगर नगरपालिकाकाे गाडी दाेस्राे चरणकाे काेराेना संक्रमण शुरु भएदेखि आवश्यक सामग्री , अक्सिजन सिलिन्डर ढुवानीका लागि प्रयाेग हुदै आएकाे छ ।तर हामी जनताकाे गाडी जनताकै सेवामा दिंदा मिडियाबाजी गर्न उचित मान्दैनौं नगरप्रमुख शाहकाे भनाई छ।
काेराेनाकाे दाेस्राे लहर शुरु भएदेखि केही नगरपालिका र गाउंपालिकाले अइसाेलेसनमा अक्सिजन व्यवस्थापन भन्दा आफ्ना गाडीलाई एम्बुलेन्स बनाउने तर्फमात्र ध्यान दिएकाे सजिलै देख्न सकिन्छ ।
