माओवादी केन्द्रको हेडक्वाटर र पोलिटब्यूरो बैठक आज
११ मंसिर, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । प्रचण्ड निवास लाजिम्पाटमा बिहान ८ बजे बोलाइएको बैठकमा संविधान संशोधन, पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने छ ।
शुक्रबार संसद सचिवालयमा विधेयक दर्ताको तयारी गरेको माओवादी नेतृत्वको सरकारले मधेसी मोर्चासँग फेरि संवाद गर्ने भन्दै विधेयक दर्ता भएन । र, हिजो बस्ने तय भएको हेडक्वाटर बैठक स्थगित भएको थियो ।
सरकारले आइतबार संविधान संशोधन दर्ताको तयारी गरेको छ ।
आजै माओवादीको पोलिटब्यूरो बैठक बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाडाँमा बोलाइएको छ । बैठकमा सरकारले संविधान संशोधनको अन्तिम तयारी गरिरहको अवस्थामा पार्टीको धारणा बनाउन लागेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनमा सहयोग नगर्ने स्पस्ट पारेपछि माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड संकटमा परेका छन् ।