जसपासंगै सरकार बनाउन केपी ओलीको पहल

सेयर गर्नुहोस


काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोलाई सरकारमा सहभागी हुन केपी शर्मा ओलीले निम्तो दिएका छन् । अध्यक्ष ठाकुरले यसबारे पार्टीमा छलफल गरेर निर्णय लिने बताएका छन् । बिहीबार साँझ बालुवाटारमा ओलीसँग छलफल गरेर फर्केपछि जसपा अध्यक्ष ठाकुरले आफू निकट नेताहरुसँग सरकारमा जानेबारे छलफल गरेको रातोपाटीमा खबर छ ।
जसपाबाट कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुंगो लागेको छैन । स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोले पनि सरकारमा जाने रुची देखाएका छन् । यद्यपि अहिलेसम्म महतोले सत्ता आफ्नो प्राथमिकतामा नरहेको बताउँदै आएका छन् । महन्थले पनि जसपा सत्ताको खेलमा नलाग्ने बताउँदै आएका छन् ।

Facebook Comments Box