कांग्रेस सभापती देउवाले संसदमा भने ‘प्रधानमन्त्री ज्यू ,घर–घरमा ग्यासका पाइप खोइ ?’

सेयर गर्नुहोस
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेस सभापती शेर बहादुर देउवाले चुनावका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई घर–घरमा पुर्याउछु भनेको ग्यासको पाइप खोइ भनेर प्रश्न गरेका छन् ।
आज सोमबार संसदमा बोल्दै देउवाले सरकार पुर्णरुपमा असफल रहेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले माग्नुभएको विश्वासको पक्षमा मतको विपक्षमा मतदान गर्दै देउवाले कोरोना महामारीमा सरकारले जनतालाई सेवा दिन नसकेको आरोप लगाए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापती देउवाले ३ वर्षअघि झण्डै दुई तिहाई मतसहित गठन भएको सरकारलाई विकास गर्न के ले रोक्यो भनेरे प्रश्न गरेका छन् । उनले कोरोनाको खोपमासमेत भ्रष्टचार भएको बताएका छन् ।

Facebook Comments Box