विश्वासको मत बिफल बनाउन प्रचण्ड भेटे देउवालाई
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए ।
लगभग साढे पाँच बजेतिर बुढानिलकण्ठ पुगेका प्रचण्ड र देउवा बीच करिब आधा घण्टा कुराकानी भएको देउवा निकट स्रोतले बताएको छ । ‘प्रधानमन्त्री केपी ओलीले लिन लागेको विश्वासको मत बिफल बनाउनेबारे नै छलफल भएको छ’, एक नेताले भने । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि २७ वैशाखमा विशेष अधिवेशन बोलाइएको छ ।
विशेष अधिवेशन बोलाइएपछि नेपाली कांग्रेसको साथ लिन प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डलगायतका नेताहरु देउवा निवास बूढानीलकण्ठमा पुगिरहेका छन् । बिहीबार साँझ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि बूढानीलकण्ठ पुगेका थिए । यसको एकदिन अगाडि मात्रै एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओली पनि बुढानिलकण्ठ पुगेका थिए ।
Facebook Comments Box
