कपिलबस्तुमा मोटरसाइकल सहित अबैध काठ बरामद
२१ असोज, कपिलवस्तु ।
कपिलबस्तुमा अवैध काठ ओसारपसारमा संलग्न मोटरसाइकल सहित १६ क्युफिट काठ बरामद गरिएको छ ।
इलाका बन कार्यालय गोरुसिंगेबाट सशस्त्र बन रक्षकसहितको टोलीले दुइवटा मोटरसाइकलसहित १६ क्यूफिट काठ बरामद गरेको हो । बाणगंगा नगरपालिका वार्ड नं १६, को खारखानी जंगलबाट बनगाइ तर्फ काठ ओसार्दै गरेको अबस्थामा मोटरसाइकल पक्राउ गरिएको हो ।
इलाका बन कार्यालय गोरुसिंगेबाट सहायक बन अधिकृत बिरेन्द्र यादवको नेतृत्वमा गएको शसस्त्र बन रक्षक सहितको ९ जना टोलीले गस्ती गर्ने क्रममा काठ ओसार्दै गरेको अबस्थामा मोटरसाइकल सहित सो काठ पक्राउ गरेको हो ।
गएराति २ बजे सोहि बन क्ष्ँेत्रको रामदतिवन क्षेत्रबाट तस्करहरुलाइ गस्ती टोलीले लखेटेको थियो । तस्करहरु मोटरसाइकल छाडेर भागेकाले काठ ओसारपसारमा प्रयोग भएका लु ५ प ३५४२, र लु १६ प ३६०५ नम्वरका मोटरसाइकलसहित काठ बरामद गरिएको जिल्ला बन कार्यालय कपिलबस्तुले जनाएको छ ।
घटनास्थलमा बिहान ६ बजे नै जिल्ला बन अधिकृत कृष्ण दत्त भट्टसहित १० जनाको टोली निरिक्षणमा पुगेको थियो । फरार तस्करको खोजी कार्य जारी रहेको र उनीहरुलाइ कानुनी कठघरामा उभ्याइने जिल्ला वन अधिकृत भट्टले बताए ।