शिक्षकमाथि दुव्र्यवहार भएको भन्दै आन्दोलनको चेतावनी

सेयर गर्नुहोस

रौतहट, बौधिमाई — बौधिमाई नगरपालिकामा एक शिक्षकलाई करिब ७ घण्टा थुनेर राखिएको आरोप सार्वजनिक भएपछि शिक्षक संगठनभित्र आक्रोश बढ्दै गएको छ। स्थानीय शिक्षक तथा शिक्षा सरोकारवालाहरूले नगर प्रमुख प्रदीप यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यसलाई “तानाशाही प्रवृत्ति” भएको आरोप लगाएका छन्।
शिक्षक संगठनसँग आबद्ध व्यक्तिहरूले शिक्षकमाथि भएको व्यवहारको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै अब सबै शिक्षक एकजुट भएर आन्दोलनको तयारी गर्नुपर्ने बताएका छन्। उनीहरूको भनाइ अनुसार यदि यस्ता घटनामा समयमै आवाज उठाइएन भने भविष्यमा अन्य शिक्षकहरू पनि यस्तै व्यवहारको शिकार हुन सक्ने खतरा रहेको छ।
स्थानीय शिक्षा क्षेत्रमा काम गर्ने व्यक्तिहरूले “शिक्षकलाई ७ घण्टा थुनेर राख्ने अधिकार कसले दियो ?” भन्ने प्रश्न उठाउँदै शिक्षकको सम्मान र अधिकारमाथि हस्तक्षेप नगर्न सम्बन्धित पक्षलाई चेतावनी दिएका छन्।
घटनाबारे आधिकारिक धारणा आउन बाँकी रहेको भए पनि यस विषयले बौधिमाई क्षेत्रमा शिक्षा क्षेत्रभित्र व्यापक चर्चा र चासो पैदा गरेको छ।

Facebook Comments Box