१३ बैशाख २०८१, बिहीबार

जसपाका सांसदहरुलाई कुनै कार्यवाही नभएकाे :अध्यक्ष ठाकुर

काठमाण्डौ ,बैशाख १६ । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पाेख्रेललाई समर्थन गरेका चार सांसदलाई पदमुक्त गरिएको कुरा गलत रहेकाे बताउनुभएको छ ।
अध्यक्ष ठाकुरले जसपाका प्रदेश सांसदहरूलाई आफूले कारबाही नगरेको पत्र लुम्बिनी प्रदेशका सभामुखलाई पठाउनुभएको छ ।लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय कार्यकारिणी समितिबाट नभएको भन्दै अध्यक्ष ठाकुरले प्रदेश सभामा अर्को पत्र पठाउनुभएको हो ।
ठाकुरले प्रदेश सभामा पठाउनुभएको पत्रमा लुम्बिनी प्रदेश सभा सदस्यलाई केन्द्रबाट कुनै कारबाही नभएको जनाउनुभएको छ । ‘लुम्बिनी प्रदेशमा पूर्वराजपा नेपाल र पूर्वसपाका प्रदेश समितिको समायोजन हुन नसकी जसपा नेपालको प्रदेश समिति गठन हुन बाँकी नै रहेको तर प्रदेश सभामा दुवै संसदीय दलको समायोजन भइ जसपा नेपालको ६ सदस्यीय संसदीय दल गठन भइ कार्यरत रहेकाले यसैलाई स्वायत्तता दिइ प्रदेश सभासम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन निर्देशन पठाइसकेको र त्यसैलाई मान्यता दिइने व्यहोरा जानकारी गराइन्छ’, पत्रमा भनिएको छ ।
प्रदेशमा मुख्यमन्त्री शंकर पाेख्रेललाई जसपाका चार सांसदहरुले समर्थन गरेपछि पुर्व संघीय समाजबादी फाेरम नेपालका समुहका केही नेताहरु विराेध गरिरहेका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट