पूर्व मंत्री मिश्र मातृशोकमा अनतेष्टि १७ गते वर्गदीघाटमा हुने
कपिलवस्तु, बैशाख १४ ।
कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं ६ करमा बस्ने नेपाल सरकारका पूर्व मंत्री ईश्वर दयाल मिश्र ( विरेन्द्र) लाई मातृशोक परेको छ।
उहांकी आमा कलावती मिश्राको ८३ बर्षको यही बैशाख १४ गते निधन भएको छ।
उहाको आमाको अन्त्येष्टि बैशाख १७ गते विहिवारका दिन कपिलवस्तु जिल्लाको वाणगंगा नदीको बर्गदी घाटमा गरिने पारिवारिक श्रोतले जनाएको छ।
मिश्रकी आमाको निधनप्रति उहांका इष्टमित्र, राजनीतिककर्मी, समाजसेवी, शिक्षाप्रेमी लगायतले सामाजिक संजाल तथा व्यक्तिगत भेटघाट गरि शोक संतप्त परिवार प्रति सहानुभूति प्रकट गर्दै मृतक आत्माको स्वर्गमा बास होस् भन्ने कामना गरेका छन्।
Facebook Comments Box
