नेरु १०० काे भन्सार प्रवधान तुरुन्त खारेज हुनुपर्छ : नेता पठान
कपिलवस्तु , बैशाख ७ । वर्तमान अवस्थामा भारतसंग सटेका नाकाहरुबाट १ सय रुपैयाँभन्दामाथिकाे घरायसी समान ल्याउंदा भन्सार गर्ने प्रवधान खरेज गर्नुपर्ने जसपा नेता अकरम पठानले माग गर्नुभएकाे छ।
जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष अकरम पठानले तराईमा १०० रुपैयाँ भन्दामाथिकाे घरायसी समानमा भन्सार गर्ने प्रवधान तुरुन्त खारेज गर्नुपर्ने माग गर्नुभएकाे छ । उनले नेपाल- भारत सम्बन्ध राेटीबेटीकाे मात्र नभई समाजिक आर्थिक लगायतका पक्षमा पनि मजबुत छन तर यस्ता नियमले दुवै देशकाे जनभावना विपरीत रहेकाे विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउनुभएकाे छ।

Facebook Comments Box
