तराईकाे भन्सार समस्या समाधान भएन भने सडक र सदनबाट संघर्ष गर्न तैयार छाैं : सांसद शाह
कपिलवस्तु , बैशाख ७ । भारतबाट नेपाल ल्याउने मालसामानमा जबर्जस्ती भन्सार गरि स्थानीय सर्वसाधारणलाई दुख दिने गरेकाे भन्दै भन्सार समस्या छिट्टै समाधान भएन भने सडक र सदनबाट संघर्ष गर्न तैयार रहेकाे कपिलवस्तु ३ का सांसद अभिषेक प्रताप शाहले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराउनु भएकाे छ।
विगत केही दिनदेखि भन्सार सम्बन्धि पुरानाे निर्णयलाई भारतसंग जाेडिएका नाकामा मात्र १०० भन्दामाथि काे मालसामान नेपाल ल्याउंदा भन्सार गराउनुपर्ने व्यवस्थामा कडाई गरेपछि सिमा क्षेत्रका सर्वसाधारण मर्कामा परेपछि नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु ३ का सांसद अभिषेक प्रताप शाहले विज्ञप्ति निकालेर तत्काल समस्याकाे समाधान गर्न नेपाल सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ। उनले बिमानस्थलबाट नेपाल छिर्दा सुनपनि ल्याउन पाउने तर सर्वसाधारणले घरायसी समान ल्याउदासमेत दुख दिने कार्य भेदभाव पुर्ण रहेकाे बताएका छन ।
सांसद शाहले विश्वकाे अर्थतन्त्र खस्किदै गएकाे आवस्थामा महंगीकाे चपेटामा परेका नेपालीलाई दुख दिने नियतकाे विराेध विज्ञप्तिका माध्यमले गर्नुभएकाे छ। सरकारले भन्सार समस्या छिट्टै सुधार गरेन भने तराई मधेश केन्द्रित संसद सदस्य मिलेर सडक र सदनबाट विराेध गर्न पछि नहट्नेसमेत जानकारी गराएका हुन ।

