पुर्व प्रम केपी ओलीका खास रहेका रितेश शर्माले एमाले छाडे

सेयर गर्नुहोस

कपिलवस्तु , चैत २८ । पुर्व प्रधानमन्त्री केपी शर्माओलीका खास रहेका रितेश शर्माले नेकपा एमाले त्याग गरेका छन ।
समाजसेवी तथा उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्माले आफ्नाे सामाजिक संजालमार्फत एमालेकाे साधारण सदस्यसमेत नरहनेगरि साधारण सदस्यता समेत त्याग गरेका हुन । उनले आफ्नाे फेसबुक पेजमा आजदेखि कुनैपनि राजनीतिक दलमा नरहेकाे जानकारी गराउनुभएकाे छ। अध्यक्ष शर्माले महाराजगन्ज वर्गादा घटनापछि जिगना चाैराहामा आन्दोलनरत युवा अरुण यादवलाई प्रहरीकाे गाेली लागि घाइते भएपछि ओैषधि उपचारमा सहयाेग गर्नुका साथै साे घटनामा घाइते सबैले न्याय पाउनुपर्ने वकालत गर्दै आएका छन ।
अध्यक्ष शर्मा राजनीतिमा प्रवेश गरेपछि नेकपा एमाले अध्यक्ष केपी शर्माओलीका खास मध्ये एक थिए तर केही दिनकाे घट्ना र आफ्नाे व्यक्तिगत कारणले पार्टी परित्याग गरि स्वतन्त्र भई समाजसेवा गर्ने संजालमा लेखेका छन ।

Facebook Comments Box