कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार आचार्यको पहलमा हर्दौनामा १ करोड ३३ लाखको नदी नियन्त्रणको काम सुरु हुदै
कांग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार सुरेन्द्र आचार्यको पहलमा कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर १० हर्दौना स्थित बाणगंगा नदीको नियन्त्रणकालागि १ करोड ३३ लाखको काम सुरु भएको छ । नदी कटानले हदौना गाउ नै उच्च जोखिममा परे पछि नेता आचार्यले गरेको पहल पछि हर्दौनामा नदी नियन्त्रणको काम केही दिन अघि देखि सुरु भएको हो । सिचाई तथा जलश्रोत ब्यवस्थापन आयोजना बुटवलले सो कामको लागि लगाएको ठेक्का बुटवल उप महानगरपालिकाको देबीनगरको मोर्डन कन्ट्रक्सनले पाएको र ठेक्को संझौता समते भएको आयोजनाका ईन्जीनीयर कमल ढकालले बताए । २ करोडको काम ठेकेदार कम्पनीले १ करोड ३३ लाखमा पारेको हो । नदी नियन्त्रणकालागि ठुलो बोेल्डर नदीमा राख्ने ( रिपर्याप ) गरिने ढकालले बताए । सो कामले हाललाई नदीको बहाव परिवर्तन गर्ने उनले बताए । यो काम यही आर्थिक बर्ष भित्र संपन्न गर्ने समयसिमा तोकिएको छ । वाडध्यक्ष र्शैलेन्द्र कुमारले यो काम सुरु भएकोमा खुशी ब्यक्त गरे । उनले नेता आचार्यको पहलमा भएको यो कामले हदौना बस्ती बचाउने बताए । यहिी प्रकारको काम खोरियामा केही बर्ष पहिले संपन्न गरिएको थियो ।
