कांग्रेसका ३ जना वडा अध्यक्ष सहित ५७ जनालाई अधिकारीक उम्मेदवार बिरुद्ध प्रचार गरेकाले कारवाही

सेयर गर्नुहोस

कपिलवस्तु, १८ फागुन
नेपाली काँग्रेस पार्टी जिल्ला कार्य समिती कपिलवस्तुको बैठकले जिल्ला अनुशासन समिती बैठकको सिफारिस अनुसार पार्टीबाट निर्वाचित ३ जना वडा अध्यक्ष सहित ५७ जनालाई अनुशासनको कारवाही स्वरुप ५ बर्ष पार्टी निष्काशन गर्ने निर्णय गरेको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा पार्टीका आधिकारिक उम्मेदवार बिरुद्ध प्रचार प्रसार र सहयोग गरेको प्रमाणहरुको आधारमा अनुशासन समितीको सिफारिसमा बाणगंगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसाल, कपिलवस्तु नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष शिव कुमार पाण्डेय र महाराजगंज नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष धर्मेन्द्र कुमार पुरी सहित ५७ जना कारवाहीमा परेका हुन । कारवाहीमा पर्ने हरुलाई पार्टीको बिधानको धारा ३४ को उपधारा ४ (ख) बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरि ५ बर्षका लागि निष्काशनको निर्णय गरि प्रदेश समिती र केन्द्रिय अनुशासन समितीलाई सिफारिस गर्ने निर्णय गरिएको छ ।

Facebook Comments Box