रास्वापाका स्टार प्रचारक राशिद मिर्जा बांकेमा
कपिलवस्तु , फल्गुण १३ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुस्लिम क्लस्टरमा समानुपातिक तर्फका उम्मेदवार राशिद मिर्जा स्टार प्रचारक बनेका छन ।
कपिलवस्तु क्षेत्र ३ बाट समानुपातिक उम्मेदवारी दिएका राशिद मिर्जा बांकेका रास्वापा उम्मेदवारलाई जिताउन प्रचारप्रसारमा व्यस्त छन । देशैभरि रास्वपाकाे जनलहर देखिएपछि उम्मेदवारहरुपनि सक्रियताका साथ घरदैलाे तीव्र बनाएका छन । उम्मेदवार मिर्जा बांकेका हाटसिट खगेन्द्र सुनारका लागि घरदैलाे गरेका छन । त्यसतै उनी बाँके २ का उम्मेदवार बिवेक कुमार श्रेष्ठकाे घरदैलाेमा सहभागी भएका थिए ।
बांकेमा पनि प्रचारप्रसारका माध्यमले आफ्नाे मन्तव्यले मतदाताकाे मन जित्न सफल भएकाे मिर्जाले बताउनुभयो । त्यस्तै मिर्जा आजै राति गृहजिल्ला पुगेका छन उनकाे कपिलवस्तु काे ३ वटै क्षेत्रमा समेत पुगेर प्रचारप्रसार गर्ने याेजना रहेकाे स्राेतले जनाएको छ ।

