अध्यक्ष शर्मा विरुद्ध प्रेस विज्ञाप्ति, समितिमाथिकाे आराेप तथ्यहीन
कपिलवस्तु , फल्गुण ६ । उधाेग बाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा विरुद्ध कार्यसमितिका पदाधिकारीद्वारा प्रेस विज्ञप्ति जारी गरिएकाे छ।
विगत केहीदेखि उधाेग बाणिज्य संघ कृष्णनगरकाे भवन मर्मतमा कमसल सामग्री प्रयाेग गरियाे भनि संघका अध्यक्ष रितेश शर्माले समाजिक संजालमा भिडियाेसहित भ्रष्टाचार भएकाे स्टेट्स लेखेपछि अन्य पदाधिकारीहरुद्वारा तिनकाे विरुद्ध प्रेस विज्ञप्ति जारी गरिएकाे हाे ।
अध्यक्ष शर्माले लगाएकाे सम्पुर्ण आराेप तथ्यहीन तथा संघका समितिलाई समेत बदनाम गराउने षड्यन्त्रमात्र रहेकाे पदाधिकारीहरुकाे आराेप छ । कुल २२ सदस्यीय समिति सदस्य मध्ये वरिष्ठ उपाध्यक्ष सहित सम्पुर्ण १९ जनाकाे सहमती रहेकाे विज्ञप्तिमा अध्यक्षकाे गैरजिम्मेवार रवैयाप्रति खेद प्रकट गरिएकाे छ । विज्ञप्तिमा कृष्णनगर नगरपालिकाकाे याेजनालाई सार्वजनिक सुचना प्रकाशन गरि सुचारु गरेपनि अध्यक्षले भ्रष्टाचार भएकाे भनी सबैलाई बदनाम गर्न खाेजेकाे उल्लेख गरिएकाे छ। अध्यक्ष शर्मा आफैले भवन निर्माण समिति गठन गरि आफू पनि अनुगमनसमितिमा रहेका छन तर कार्यसमितिकाे बैठक बसाई कुरा राख्नु भन्दा सिधै सामाजिक संजालमा राख्न नियत ठिक नदेखिएकाे पदाधिकारीहरुकाे बुझाई छ । नगरपालिकाकाे याेजनामा अनुगमन , मुल्यांकन तथा भुक्तानीकाे अधिकार सम्बन्धित निकायकै रहेकाले अध्यक्ष शर्मा एकलैले सामग्री कमसल हाे भनी आराेप लगाउदा उधाेग बाणिज्य संघ कृष्णनगरका सम्पूर्ण कार्यसमितिकाे बेइज्जत गर्न खाेजेकाे सदस्यहरु बताउनंछन ।
बिज्ञाप्तिका मार्फत समिति पदाधिकारीहरुले अध्यक्ष रितेश शर्माकाे कार्यशैलीमाथि प्रश्न खडा गरेका छन । उनी पदीय मर्यादा विपरित सबै पदाधिकारीलाई भ्रष्टाचारीकाे ट्याग लगाई राजनीतिक फाइदा उठाउन खाेजेकाे समिति सदस्यहरुकाे भनाई छ।


