खुलेआम भारतीय माछा तस्करी

सेयर गर्नुहोस

कपिलवस्तु, माघ २१ । कपिलवस्तु जिल्लामा भारतीय माछाको तस्करी बढ्दै गएको छ।
जिल्लाको कुकुरभुकवा, डुमाई, लक्ष्मीनगर, सिर्सिहवा, कोटीया बढ्नी लगायत अन्य नाका बाट भारतीय माछा निर्वाध रूपमा नेपाल भित्रिएका छन्।

जाडोयाम बढे संगै माछाकाे मागमा बृद्धि भई भारतीय माछा निर्वाध रूपमा तस्करी हुदै आएको छ। भारतीय माछा तस्करीले एकातिर रोगको उच्च जोखिम हुने र अर्को तिर नेपाली माछा उत्पादकहरू आफ्नो माछा कम मूल्यमा विक्रि गर्न बाध्य गरेका छन साथै स्थानीय माछा व्यवसायी धारासाही हुने अवस्था उच्च रहेको स्राेतहरु बताउँछन्।

भारतीय माछा विना स्वास्थ्य परिक्षण नेपाल भित्रिदा फिनरेट, टेलरेट, ड्राफ्सी, ह्वाइट स्पोट रोगका साथै फंगल रोग लाग्ने खतरा बढ्दै गएकाे छ। परिक्षण नभएका भारतिय माछा बजारमा पुगेपछि सर्वसाधारणकाे स्वास्थ्य माथी खेलवाड भईरहेको पशु क्वारेन्टाइन चेकपोस्ट कृष्णनगरका प्रमुख दयाराम चौधरी बताउनुभयो ।

खुला सिमानाकाे फाइदा उठाउदै नेपाल प्रहरी , सशस्त्र प्रहरी बल लगायतकाे सुरक्षा निकाय तथा भन्सार कार्यालयसमेतकाे आँखा अगाडिबाट माछा, टायल्स, कपडा, मोटर्सपार्ट , मकैको दाना, किसमिस लगायत सामान नेपाल भारत तथा भारत नेपाल निर्वाध रुपमा तस्करी हुने गरेको स्राेतकाे दाबी छ ।
बढ्दाे तस्करीकाे सन्दर्भमा समाचार तैयार पार्न सुचना लिन खाेज्दा सशस्त्र प्रहरी बल कृष्णानगरका गुल्मपति सशस्त्र प्रहरी नायब उपरिक्षक मोहन केसी लाई ९८५१२७२२१८ मा सम्पर्क गर्दा उहांको फोन रिसिभ हुदैन । फल्गुण २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा खुला सिमानाबाट अवैध क्रियाकलाप हुन नदिन सुरक्षा निकायहरु चनाखाे भएर बस्नुपर्ने सराेकारवाला भनाई छ।

Facebook Comments Box