भृकुटी माविकाे ५८ ओैं बार्षिकाेत्सव सम्पन्न
कपिलवस्तु ,माघ २० । जिल्लाकाे बुद्धभुमी नगरपालिका ४ अवस्थित भृकुटी माध्यमिक विद्यालय बुड्ढीले आफ्नाे ५८ ओैं बार्षिकाेत्सव तथा २३ ओैं अभिभावक दिवस मनाएकाे छ।
वडाध्यक्ष सुशील कुमार थारुकाे प्रमुख अतिथ्यता समाजसेवी तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीनराज बेल्बासेकाे अध्यक्षता र शिक्षक कृष्ण घिमिरेकाे संचालनमा विभित्र सांस्कृतिक कार्यक्रम गरि मनाइएकाे छ। विद्यालयले एसईई परीक्षा २०८१ मा उत्कृष्ट दुई विद्यार्थीलाई जनही १५ हजारकाे दरले पुरष्कृत गरेकाे छ। त्यसैगरि कार्यक्रममा कुल चार जना उत्कृष्ट शिक्षकलाई समेत सम्मान गरेकाे प्रधानाध्यापक बेदप्रकाश भुषालले बताउनु भएकाे छ ।
सहायक प्रधानाध्यापक इश्वर पुनकाे स्वागत मन्तव्यले शुरु भएकाे कार्यक्रममा विद्यार्थीहरुद्वारा देउडा नृत्य , भाषागत नृत्य , एनएसीसी/स्काउट भाेलेन्टियर्स काे परेड , लगायतकाे प्रदर्शन गरिएकाे थियाे । कार्यक्रममा स्थानीय समाजसेवी, शिक्षाविद् , विद्यालय व्यवस्थापन समिति पदाधिकारी , अभिभावक संघ पदाधिकारी , संघसंस्था प्रतिनिधि, अभिभावक , विद्यालयका शिक्षक, जग्गादाता लगायतकाे उपस्थिति थियाे ।


