कपिलवस्तुमा बाख्रा तस्करी बढ्याे
कपिलवस्तु , माघ २० । जिल्लाकाे विजयनगर गाउंपालिका सिमाना हुँदै भारततर्फ बाख्रा तस्करी बढेकाे छ।
विगत केही दिनदेखि विजयनगरकाे डालपुर , नाैरंगिया , लालपुर , गेडुवाजाेत हुदै बाख्रा तस्करी बढेकाे छ। हिजाे तस्करीका लागि कुल ५७ वटा बाख्रा बाेकेर जाँदै गरेकाे लु१च ७१८ नम्बरकाे बाेलेराे पिकअपलाई साेमबार बेलुकी ७ बजे मगरघट्टा सडकबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।
कपिलवस्तु विजयनगर गाउँपालिका वडा २ मगरघट्टाकाे भित्री सडक खण्डमा मगरघट्टाबाट उकठाहवा तर्फ जादै गरेको बोलेरो पिकअप भ्यान गाडी आफै अनियन्त्रित भई पल्टिदा बाटोको छेउमा रोक्की राखेको साइकल यात्रीलाई ठक्कर लागि साइकल चालक महाराजगंज नगरपालिका वडा ११ बस्ने बर्ष २७ को अजय कुमार भरको टाउको, मुख र हातखुटामा गम्भीर चोट लागेकोले गाडी र बाख्रा नियन्त्रणमा लिइएकाे थियाे । भारत तर्फ जाँदै गरेकाे कुल ५७ वटा बाख्रा मध्ये एउटा बिरामी भएको कारण मृत्यु भएकाे र बाकी ५६ वटालाई भन्सार कार्यालय कृष्णनगर पठाइएकाे स्राेतले जनाएको छ ।
विजयनगरका सिमाना हुँदै बाख्रा तस्करी व्यापक बडेपनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बिओपी डालपुर समेत मुकदर्शक बनेका छन । हिजाे समातिएकाे बाख्रा गाडी दुर्घटना भई एकजना मान्छे गम्भीर चाेट खाएपछि घटना बाहिर आउदा भन्सार कार्यालय कृष्णनगर पुर्याइएकाे स्राेतले जनाएको छ ।
