ठकुरीको नेतृत्वमा जिल्ला निर्वाचन परिचालन मुल समिति गठन

सेयर गर्नुहोस

कपिलवस्तु, १४ माघ ।
नेपाली काँग्रेस कपिलवस्तु जिल्ला कार्य समितिले आसन्न फागुन २१ गतेको प्रतिनिधीसभा निर्वाचनका लागी लक्षित गरि पार्टीका जिल्ला सचिव शक्ति सिंह ठकुरीको नेतृत्वमा ३५ सदस्यिय जिल्ला निर्वाचन परिचालन तथा प्रचार प्रसार मुल समिति गठन गरेको छ । जिल्लाका तिन वटै निर्वाचन क्षेत्रमा पार्टी उम्मेदवारलाई जिताउने उद्धेश्यका साथ तिन वटै क्षेत्रलाई समेटेर मुल समिति गठन गरिएको हो । त्यसै गरि जिल्ला सभापती अब्दुल कलाम खाँको नेतृत्वमा जिल्ला निर्वाचन अनुगमन समिती गठन गर्ने निर्णय गरिएको छ । समितिका सदस्यहरुमा प्रेम बहादुर रायमाझी, रवि काफ्ले, मोहम्मद वजिह अरसद र माया ज्ञवाली सदस्य रहेका छन । त्यसै गरि उपभापति हुमकान्त खनालको संयोजकत्वमा जिल्ला निर्वाचन समन्वय समिति गठन गरिएको छ । समितिमा रजतराज आचार्य, टेक बहादुर शाही, बिनोद नेपाल, रिना नेपाल सदस्य रहेका छन । त्यसै गरि महाधिबेशन प्रतिनिधी प्रकाश घिमिरेको संयोजकत्वमा जिल्ला निर्वाचन भातृसंस्था परिचालन समिति गठन गरिएको जनाईएको छ । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाका अध्यक्ष खग प्रसाद चापागाईको नेतृत्वमा गठित सञ्चार डेष्कले सञ्चार क्षेत्र सँग सहकार्य गर्ने जनाईएको छ ।

Facebook Comments Box