कपिलवस्तु–३ मा नेता चिन्ताको उदय

सेयर गर्नुहोस

कपिलवस्तु क्षेत्र नं. ३ को चुनावी मैदानमा अहिले एउटै नाम सबैभन्दा धेरै सुनिन्छ — चिन्ता परियार।
उनी कुनै दलको छायाँ होइनन्, न त पैसाको बलमा उठेका उम्मेदवार।
उनी हुन् — जनताबाट उठेका, जनताकै पीडाबाट जन्मिएका स्वतन्त्र उम्मेदवार।
पेसाले बौद्धिक पत्रकार, अब्बल वाक्–कला भएका, सधैं सत्यको पक्षमा उभिने प्रिय पत्रकार चिन्ता परियार
आज जनताको आवाज बोकेर राजनीति मैदानमा होमिएका छन्।
झुपडीमा जन्मिएको साहस
झुपडीमा जन्मिएर गरिबी, विभेद र उत्पीडन चिर्दै हुर्किएका परियार दलित, गरिब र भुइँमान्छेको पीडालाई किताबमा होइन, जीवनमा पढेका नेता हुन्। त्यही पीडा उनको कलम बन्यो, त्यही कलम आज नेतृत्वको संकल्प बनेको छ।
बोल्ने होइन, बाँचेर देखाउने नेता
चिन्ता परियार भाषण मात्र गर्दैनन्, उनी जनताको पीडा बोल्छन् पनि, बोक्छन् पनि। पत्रकारिताको माध्यमबाट सत्तालाई प्रश्न गर्ने साहस देखाएका परियार
आज त्यही सत्तालाई जनताको अदालतमा उभ्याउन चुनाव लड्दै छन्।
एक वृद्ध मतदाताको शब्दमा —
“उहाँले हाम्रो पीडा देख्नुभएको छ,
त्यसैले उहाँले झूट बोल्न सक्नुहुन्न।”
नयाँ अनुहार, नयाँ आशा
पुराना अनुहार, पुराना वाचा र थाकेका भाषणबीच
चिन्ता परियार नयाँ सोच, सफा राजनीति र जवाफदेहिताको प्रतीक बनेका छन्।
आज कपिलवस्तु–३ मा यो चुनाव केवल जित–हारको होइन, चिन्ताकाे रुपमा नया नेताकाे उदय र झुपडीले पनि संसद छुन सक्छ कि सक्दैन भन्ने प्रश्नको उत्तर बन्ने क्रममा छ।

Facebook Comments Box