सर्लाहीको ४ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सेयर गर्नुहोस

जितेश यादव। सर्लाहीको ४ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरीएको छ।  फागुन २१ गतेको प्रतिनिधि सभा चुनावका लागि ४ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरीएको हो। निर्वाचन क्षेत्र न.-१ को लागि लालबन्दी नगरपालिका-१० को वडा कार्यालय , क्षेत्र न.-२ को जिविस भवन मलंगवा , क्षेत्र न-३ को नापी कार्यालय हरिवन र क्षेत्र न-४ को लागि श्री बेनि भोला नमुना माध्यमिक बिधालय गोडैतामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरीएका छ्न।माघ ६ देखि ९ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछन्। माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता र सुची प्रकाशन गर्ने कार्यतालिका छ। त्यस्तै माघ ७ गते उम्मेदवारको बिरोधमा उजुरी दिने, माघ ८ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने गर्ने त्यस्तै ९ गते उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।

Facebook Comments Box