कपिलवस्तु समाजको ३५ औं साधारण सभा सम्पन्न

सेयर गर्नुहोस

अशोक मिश्र
ललितपुर,२६ पुस । सर्वोच्च अदालतका न्यायधीश अब्दुल अजीज मुसलमानले जनता र राजनीतिलाई संगै लिएर अगाडि बढनु पर्नेमा जोड दिनु भएको छ ।
कपिलवस्तु समाजको ३५ औं साधारण सभाको आज ललितपुरमा उदघाटन गर्नुहुदै न्यायधीश अब्दुल अजीजले सूचना तथा सञ्चारको प्रविधिले गर्दा जनता जागरुक भएकाले धोखा दिएर वा झुक्याएर कुनै पनि काम गर्ने परिस्थिति नरहेको जनता र राजनीतिलाई संगै लिएर अगाडि बढनु पर्नेमा जोड दिनु भएको हो ।
न्यायधीश अजीजले देशमा राजनीति स्थायी भएन भने उद्योग, व्यवसायलगायतका विकासका गतिविधि बढन नसक्ने बताउनुभयो ।
उहाँले अन्य जिल्लाको तुलनामा शिक्षा स्वास्थ्य, सडक लगायतका दृष्टिकोणले पछाडि रहेको कपिलवस्तु पछिल्लो बर्षमा केही विकास भए पनि राजनीतिक दल सहित सबैको सहयोग अझै आवश्यक रहेको बताउनुभयो
सिचाईको प्रमुख समस्या रहेको कपिलवस्तुमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुहुदै न्यायधीश अब्दुल अजीजले किसानका लागि समयमा मल, बिउ उपलब्ध गराउनु पर्ने आवश्यकता पनि औल्याउनुभयो ।
कार्यक्रममा पूर्वसांसद सुरेन्द्रराज आचार्य, अभिषेक प्रताप शाह र अकबाल अहमद शाहले जिल्लाको विकासको कार्यमा स्वार्थ भन्दा माथि उठेर सबै पार्टीका नेता तथा कार्यकर्ताहरु हातेमालो गरी अगाडि बढनुपर्ने आवश्यकतामा जोड दिनुहुदै कपिलवस्तु समाजले गर्ने कार्यहरुमा आगामी दिनमा पनि पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्माले कपिलवस्तुको पर्यटन पूर्वाधारको क्षेत्रमा जोड दिनपर्ने उल्लेख गर्नुहुदै धार्मिक तथा पर्यटीकय स्थलको बारेमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।
सदस्य सचिव शर्माले कपिलवस्तु समाजको गतिविधिलाई काठमान्डौमा मात्र केन्द्रित नगरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा लैजानुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा विभिन्न महानुभावहरुलाई समाजको तर्फबाट सम्मान पनि गरिएको थियो ।
समाजको आजै सम्पन्न साधारण सभाले विमल पाण्डेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति पनि गठन गरेको छ ।
नयाँ कार्य समितिमा निवर्तमान अध्यक्ष दिपक कुमार राजभण्डारी, उपाध्यक्षमा आलोक तिवारी र रत्नाकर ज्ञवाली, महासचिव बाबुराम भट्टराई, सचिव अवधेश छिप्पी,कोषाध्यक्ष प्रशान्त श्रेष्ठ र सदस्यहरुमा प्रवीण श्रीवास्तव, अशोक कुमार मिश्र,विणा अधिकारी ढकाल, सञ्जु ज्ञवाली, अमित उपाध्याय र सुनील अर्याल रहनु भएको छ ।

Facebook Comments Box