गलत सुचनामा मिसगाइड हुँदै नेपाल प्रहरी , व्यापारी सशंकित
कपिलवस्तु , पुस २४ । नेपाल प्रहरीले गलत सुचनामा
मिसगाइड भएकाले भारतबाट मालसमान आयात गर्ने व्यपाारीहरुलाई सास्ती हुन थालेकाे छ।
पुस २१ गते राति लगभग १० बजे भन्सार कार्यालय कृष्णनगरबाट छुटेकाे सिध्रा माछा लाेड गरेकाे युपी ३२ एनएल ३६२३ नम्बरकाे पिकअप गाडीकाे प्रज्ञापनपत्रमा देखाइएकाे ताैलभन्दा भन्दा बढी वजन मालसामान लगिरहेकाे बिशेष सुचनाका आधारमा नेपाल प्रहरीद्वारा पुनः ताैल गराइयाे । वाणगंगा यातायात व्यवसायी समिति कपिलवस्तुमा ताैल गर्दा गाडीभारसहित सिध्रा ४०१० केजी देखियाे जुन भन्सारमा देखाइएकाे ताैल बारबर छ । प्रहरीले ताैल गराइसकेपछि मालधनीले नेपाली पिकअप गाडी नम्बर लु१ च ९२७९ मा पुन: लाेड गर्ने बेला नै कपिलवस्तु कै प्रहरी टाेलीले फेरि समातेर राजस्व अनुसन्धान कार्यालय बुटवल पठायाे । कुल १७२० केजी सिध्रा लाेड भएकाेमा भन्सार १७४० केजीकाे गराइयाे तर पनि पुन: ताैल गरिसकेकाे गाडी राजस्व अनुसन्धान कार्यालय पठाउने कारण के हाे ? मालधनीले प्रश्न तेर्साएका छन । यादव माछा फर्मका प्राेपराइटरका अनुसार कच्चापदार्थमा १०-२० केजीकाे फरकलाई सामान्य मानिन्छ तर सुराकी काे आधारमै दूई पटक जाँच ताैल गरेपनि मालसमान राजस्व अनुसन्धान कार्यालय पठाउनु र कार्यलयले निसर्त छाेड्नु प्रहरीकाे सुचकले मिसगाइड गरेकाे सराेकारवाला सबैकाे निष्कर्ष छ । सुचना गलत भएकाले उठाउनु परिरहेकाे जाेखिमले मालसामान आयात गर्ने व्यापारीहरु अहिले सशंकित बनेका छन । मालसमान भन्सार कार्यालयबाट प्रज्ञापन भईसकेपछि बीचमा ताैल चेकजाँच गर्ने क्रम केही महिनादेखि बढेकाे छ। जसमा राजस्व गस्ताीकाे जिम्मा पाएकाे सशस्त्र प्रहरी बल भन्दा नेपाल प्रहरी बढी छ । कतिपय आयात गरिएका मालसामानमा प्रज्ञापनकाे ताैल र वास्तविक ताैलमा सामान्य अन्तरमात्र हुँदै आएकाे छ ।पिडितका कागजहरु :







