समाचार प्रकाशन गरेका पत्रकारलाई भौतिक आक्रमणको धम्की , कार्यवाहीकाे माग

सेयर गर्नुहोस

कपिलवस्तु , पुस २२ । जिल्लाकाे बाणगंगामा समाचार प्रकाशन गरेका कारण एक जना पत्रकारलाई समाजिक संजालमा गाली गलाैज र भाैतिक आक्रमणकाे धम्की दिइएकाे छ ।
अनलाईन सञ्चार माध्यममा समाचार प्रकाशन गरेको आधारमा नेपाल प्रेस युनियन कपिलवस्तु शाखाका उपाध्यक्ष गणेश पोखेललाई सामाजिक सञ्जाल मार्फत गाली गलौज गर्दै भौतिक आक्रमणको धम्की दिइएको छ । साे घटनालाई संवेदनशील रुपमा लिदै सम्बन्धित निकायहरुलाई कार्यवाहीकाे मागसहित नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले विज्ञाप्ति जारी गरेकाे छ।

प्रेस युनियनले कुनै पनि समाचारका विषयमा कसैलाई कुनै पनि गुनासो भए त्यसको समाधान कानुनी उपाय वा नियमनकारी निकायबाट प्रचलित विधि अनुसार खोज्नुपर्नेमा पत्रकारलाई धम्क्याउने कार्यलाई अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी कदमका रुपमा लिएको विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले पत्रकार माथी समाचारकै आधारमा गरिने कुनै पनि दुर्व्यवहारको घटनामा मौन नरहने जानकारीका साथ सो घटनाको छानविन गरी दोषीलाई आवश्यक कानुनी कारबाहीको प्रक्रियामा ल्याउन सम्बन्धित निकायसँग मागसमेत गरेकाे छ ।

Facebook Comments Box