कृष्णनगर भन्सारमा अनियमितता, प्रज्ञापन भन्दा बढी ताैलका सिध्रा माछा बरामद
कपिलवस्तु ,पुस २२ । कपिलवस्तु प्रहरीले प्रज्ञापन भन्दा बढी ताैलका सिध्रा माछा बरामद गरेकाे छ।
कपिलवस्तुकाे कृष्णनगर भन्सारमा अनियमितता बढ्दै गएकाे छ। साेमबार रातको लगभग १० बजेका समय विशेष सुराकीकाे आधारमा खटिएकाे प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जिल्ला शिबराज नगरपालिका वडा नं. ५ समानता एफ.एम. नजिकै कृष्णनगर चन्द्रौटा सडक खण्डबाट पुग्दा एउटा पिकअपसहित १७४० के.जी. सिध्रा माछा पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक रिपेनसिंहले जानकारी दिनुभएको छ ।
चेकजाँचकाे क्रममा शंकास्पद अवस्थामा रहेका चालक शिवराज नगरपालिका वडा नं. ५ खैरी बस्ने बर्ष ३६ को शेष बहादुर चौधरीले चलाएको लु १ च ९२७९ नम्बरको बलेरो पिक अप गाडीमा कृष्णनगर भन्सार कार्यालयबाट कम ताैल खुलाई प्रज्ञापन पत्रमा तोकिए बमोजिम सामान नरहेको भन्ने सूचनाको आधारमा चालकसहित गाडी र ५,५६,८००।- रकम पर्ने माछा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको प्रहरी स्राेतले बताएकाे छ।
भन्सार कार्यालय कृष्णनगर याे घटना नाैलाे हाेइन यस्ता पटक पटक घटना विभिन्न संचारमाध्यममा आएका छन तर भन्सार कार्यालय प्रमुख फणीन्द्र खतिवडाले सुधार गर्न कुनै चासाे देखाएका छैन्न ।

