संयुक्त सिमा सरसफाइ कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस

पुजा गुप्ता /कपिलवस्तु , पुस २१ । कपिलवस्तुको नेपाल भारत सीमा मर्यादपुर खुनवा नाकामा एपीएफ, नेपाल प्रहरी र भारतिय एसएसबी को संयुक्तटोलीले सीमा क्षेत्रमा सरसफाई सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल-भारत सिमामा संयुक्त सरसफाइ अभियान नियमित हुँदै आएकाे छ। कार्यक्रमको उद्देश्य सिमानाका क्षेत्र वरिपरि सरसफाई र बजार अधिकरण हटाउने र सर्वसाधारणलाई आवतजावतमा समस्या नपर्ने फोहोरमैला सरसफाई गर्ने हरेक महिनाको अन्तिम सोमबारमा दुवै देशकाे सुरक्षा संयन्त्रकाे संयुक्त टोलीले सरसफाई गर्ने अभियान सञ्चालन गरेकाे हाे । कार्यक्रमको सञ्चालक एपीएफ इन्सपेक्टर हरित बडुवाल र प्रहरी चौकी मर्यादपुर वरिष्ठ सई जीवनदीप शर्मा र भारतको एसएसबी इन्चार्ज एसी कैलाश दान को संयुक्त टोली र नेपाल पीआरसीको टिम र स्थानीय सर्वसाधारण सहितको उपस्थितिमा सरसफाई अभियान सञ्चालन गरिएको आयाेजक टीमले जनाएको छ।

Facebook Comments Box