होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको वनभोज कार्यक्रम सम्पन्न
कपिलवस्तु , पुस १९।होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजनामा आज बाणगंगा नगरपालिका वडा नं ७ को खारखानी दिलपार्कमा आज व्यवसायी भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ।
प्रमुख अतिथिमा वाणगंगा नगरपालिका नगर प्रमुख चक्रपाणि अर्याल , विशिष्ट अतिथिमा वाणगंगा नगरपालिका का नगर प्रवक्ता बिष्णु पौडेल, वडाध्यक्ष बिष्णु गिरी , अतिथिमा लायन्स क्लब आफ कपिलवस्तु स्टारका अध्यक्ष सागर पोख्रेल , नेपाल औषधि तथा पशुपंक्षी व्यवसायी महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष युवराज घिमिरे रहेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख चक्रपाणि अर्यालले कार्यक्रम सफलताको शुभकामना दिदैहोटल तथा पर्यटन व्यवसाय तथा जलस्रोतको अधिकतम उपयोगले मात्र देशको विकास हुने बताए।
जिल्लाका होटल तथा पर्यटन व्यवसायी हरूको भेटघाट तथा आन्तरिक तथा वाह्य पर्यटन लाई बढावा दिने तथा एकता, सहकार्य र आत्मीयताको सेतु जोड्नका लागि
ब्यवसायी भेटघाट तथा बनभोज कार्यक्रम उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको अध्यक्ष रविन्द्र पौडेलले जानकारी दिएका छन्।
कृष्णानगर लगायत जिल्ला भरिका होटल तथा पर्यटन व्यवसायी हरुलाई एक भएर लागने हो भने होटल तथा पर्यटन व्यवसाय दुबै राम्रो चल्ने होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु कृष्णानगरका अध्यक्ष शिवा घीमिरेको भनाई रहेको थियो।
आयोजना गरिएको भेटघाट तथा वनभोज कार्यक्रममा उपस्थित व्यवसायी तथा अतिथी हरूले एक आपसमा मिलेर जाने प्रतिबद्धता गर्नुका साथै नाचगान गरेर मनोरंजन समेत गरेका थिए।
कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ कृष्णानगरका वरिष्ठ उपाध्यक्ष रोमलाल पौडेल, उपाध्यक्ष अनिल कुमार मोदनवाल, सचिव माधव न्यौपाने, प्रमुख सल्लाहकार ओम नारायण पौडेल, कृष्णानगरका कोषाध्यक्ष वसन्त पौडेल, कमल जिसी, देवेन्द्र जिसी, आन्नद घिमिरे, पुरुषोत्तम घिमिरे, हिरा घिमिरे, न्यू रारा टुरिज्मका अध्यक्ष किसन गिरी, महासचिव यम केसी, जन सागरमाथा टुर्स एण्ड ट्राभ्ल्सका महासचिव तुल्स बहादुर थापा लगायत अन्य ट्राभ्लसका प्रतिनिधिको उपस्थितमा कार्यक्रम भव्यताका साथ कार्यक्रम सम्पन्न भएको थियो।
