शिवराज अस्पतालमा उल्लेखनीय सुधार
अंकुश श्री / कपिलवस्तु पुस ११ । जिल्लाकाे बहादुरगंजका रहेकाे शिवराज अस्पतालमा उल्लेखनीय सुधार भईरहेकाे छ।
कुनै बेला ” बिमार अस्पताल” काे नामले परिचित बहादुरगंजकाे शिवराज अस्पतालमा उल्लेखनीय सुधार हुँदै गएकाे छ। दरबन्दीकाे पुर्णतः , ओैषधिकाे उपलब्धता , सेवाग्राहीकाे उपस्थिति लगायत परामर्श सेवामा समेत सुधार भईरहेकाे अस्पताल स्राेतले जनाएको छ ।
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट एमडीजिपी डाक्टर हरिप्रसाद पाण्डेसहित थप ३ जना एमबिबिएस डाक्टरकाे टीमले संघ, प्रदेश र स्थानीय तहसंगकाे समन्वयमा अस्पताल भित्रका उपकरण , दरबन्दी लगायत अतिआवश्यक सेवालाई सुधाराेन्मुख बनाइदै लगिएकाे छ। सेवा प्रवाहलाई सुलभ बनाउन अस्पतालमा अहिले ३ वटा एम्बुलेन्स छन भने प्रसुतितिर पनि उल्लेखनीय सुधार देखिएकाे छ।
अस्पतालले समाजिक संजालमा दिएकाे जनाकारी अनुसार OPD का शीर्ष १० रोग तथा समस्याहरूको विश्लेषण गर्दा कुल १२६२ OPD बिरामी संख्या मंशीर महिनामा मात्रै पुगेकाे छ। साे महिनामा अस्पतालको OPD मा आएका बिरामीहरू मध्ये देखिएका शीर्ष १० रोग तथा समस्याहरूको तथ्याङ्कलाई ग्राफिकल रूपमा हेर्दा
कुल बिरामीमध्ये कुकुरको टोकाइ सबैभन्दा बढी देखिएको समस्या हो , जसले ३८% (२१० केस) ओगटेको छ। यसले समुदायमा कुकुरको टोकाइ अझै पनि गम्भीर जनस्वास्थ्य समस्या रहेको देखाउँछ।
त्यसपछि अर्काे उच्च रक्तचाप छ , ३०% (१६७ केस) सहित दोस्रो स्थानमा रहेको छ, जसले दीर्घकालीन नसर्ने रोगको बढ्दो प्रभावलाई संकेत गरेकाे छ।
अन्य प्रमुख रोग तथा समस्याहरू पनि छन् । जस्तै
ज्वरो (Fever) – ९% (५० केस)
ग्यास्ट्राइटिस / पेट दुखाइ (Gastritis/APD) – ६% (३५ केस) , खोकी (Cough) – ५% (३१ केस) , COPD – ४% (२५ केस), कमर दुखाइ (Lower Back Pain) – ३.५% (२० केस), दम आउने (Bronchial Asthma)– २.५% (७ केस), पेट दुखाइ (Abdominal Pain) – १% (६ केस)
वाकवाकी तथा बान्ता (Nausea & Vomiting) – १% (६ केस) ।


लिङ्ग अनुसार रोगको अवस्था (Sex-wise Analysis)
लिङ्गगत विश्लेषण गर्दा:
कुकुरको टोकाइ, ज्वरो, COPD, कमर दुखाइ पुरुषमा महिलाभन्दा बढी देखिएको छ। उच्च रक्तचाप (Hypertension) भने महिलामा तुलनात्मक रूपमा बढी देखिएको छ। केही रोगहरू जस्तै कमर दुखाइ, अस्थमा, पेट दुखाइ महिलामा नगण्य वा शून्य देखिएका छन्। उपलब्ध तथ्याङ्क अनुसार कुकुरको टोकाइ र उच्च रक्तचाप OPD मा आउने प्रमुख स्वास्थ्य समस्या रहेका छन्।
