आफन्त नेपालकाे जनचेतनामूलक कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस

कपिलवस्तु , पुस ९ । आफन्त नेपाल कृष्णनगरले मानव बेचबिखन तथा लैंगिक हिंशा विरुद्धकाे अभियान सफल बनाउन जनचेतनामूलक सडक नाटक लगायतकाे कार्यक्रम सम्पन्न गरेकाेे छ।
मानव बेचबिखन तथा लैंगिक हिंशा विरुद्धकाे अभियानलाई आफन्त नेपालले सडक नाटकका माध्यमले जनचेतना फैलाउन विद्यालय केन्द्रीत कार्यक्रम गरेकाे छ। कृष्णनगर का निजि तथा संस्थागत विद्यालय जलमाेना लिटिल एन्जल्स इ. बाे स्कुल , महेन्द्र मावि , सेन्ट ज्युड्स ईं. बाेर्डिङ्ग स्कुलका विद्यार्थीेेहरु लगायत संस्थाका टाेलीले विभिन्न कार्यक्रम आयाेजना गरेका थिए । कृष्णनगरकाे गाेलघरमा आयाेजित कार्यक्रममा लैंगिक भेदभाव , घरेलु हिंशा , मानव बेचविखन विरुद्धका सडक नाटक , वाकतृत्वकला लगायतका कार्यक्रम गरेकाे थियाे । साथै विद्यार्थीहरुले बजार परिक्रमा गरि जनचेतनामूलक नारासहित विभित्र वक्तव्यसमेत प्रस्तुत गरेका थिए ।

Facebook Comments Box