बाल विकास भवन र क्यान्टिन चमेना गृह उद्घाटन

सेयर गर्नुहोस

गाैतम यादव
कपिलवस्तु , मंसिर १४ । जिल्लाकाे एउटा विद्यालयमा बाल विकास भवन र क्यान्टिन चमेना गृह उद्घाटन गरिएको छ ।
कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वार्ड नं १ गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालय मा आज बाल विकास भवन र क्यान्टिन चमेना गृह उद्घाटन गरिएको हाे ।
कुल ६८ लाख ४४ हजार लगानीमा बनेको बाल विकास भवन र ३८ लाख को लगानीमा बनेको क्यान्टिन चमेना गृह उद्घाटन गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा र गाउँपालिका प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा उपस्थितिमा भारवन उद्घाटन गरिएको छ।
उद्घाटन कार्यक्रममा वार्ड नं १ का वडाध्यक्ष इन्द्र थारु
शिक्षा अधिकृत हरिहर बेलबासे श्री दुद्धाधारी नमुना माध्यमिक विद्यालयका व्यवस्थापन समिति का अध्यक्ष रामप्रगट काेरी , पूर्व अध्यक्ष बलबहादुर थापाकाे उपस्थितिमा सम्पन्न भएको छ।

Facebook Comments Box