बारा घटना : वार्ताका लागि खेलकुदमन्त्रीसहित जेनजी अगुवा सिमरा जाँदै

सेयर गर्नुहोस

काठमाडौँ । बुधबारदेखि बाराको सिमरामा उत्पन्न विवाद समाधान गर्नका लागि खेलकुद मन्त्री बब्लु गुप्तासहित जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ, पुरुषोत्तम यादव सिमरा जाँदैछन् ।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले वार्ताका लागि बोलाएपछि उनीहरू बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बुधबार जेनजी आन्दोलनका कारण सिमरा विमानस्थल दिनभर तनावग्रस्त थियो । एमाले नेता महेश बस्नेत बारा आउने भएपछि जेनजी युवाहरूले विमानस्थल घेराउ गरेर मुलगेट तोडफोड गरेका थिए ।

जेनजी आन्दोलनका कारण बुधवार बिहान एउटा बाहेक सम्पूर्ण उडान स्थगित भएको थियो । बुधबार उडान नभएर फर्किएका यात्रुहरूका लागि विमानस्थलले आज पठाएको छ ।

Facebook Comments Box