शिक्षा क्षेत्रमा कृष्णनगरकाे फड्काे

सेयर गर्नुहोस

कृष्णनगर , मंशीर ३ ।स्थानीय तह जनप्रतिनिधि आएदेखि कृष्णनगर नगरपालिका शिक्षा क्षेत्रमा फड्काे मारेकाे छ ।
शैक्षिक बिकासमा कमजाेर रहेकाे कृष्णनगर नगरपालिका स्थानीय तह निर्वाचनकाे दाेस्राे कार्यकाल पनि आन्तिम आन्तिममा छ । निर्वाचित भई आएका जनप्रतिनिधिले नगरभित्रका विद्यालयहरु स्तराेन्नति गर्न प्रयासरत देखिएका छन ।
जनप्रतिनिधि विहिन अवस्थामा कृष्णनगर नगरपालिकाभित्र मात्र ४ वटा माध्यामिक विद्यालय संचालनमा थिए ,तिनी चार मध्ये दुईमा मात्र प्लस टु सम्म पढाइ हुन्थयाे । स्थानीय तह निर्वाचन २०७४ पछि अहिले ६ वटा माध्यमिक विद्यालय र १ वटा क्याम्पससमेत संचालनमा आएकाे छ। सबभन्दा पुरानाे विद्यालय श्रीराम गाेरखा मावि बहादुरगंजलाई स्तराेन्ति गरि विद्यालय भवनमै श्री राघवेन्द्र गाैरव बहुमुखी क्याम्पस संचालनमा आएकाे तीन बर्ष पुगेकाेछ। राम गाेरखा माविमा पनि पुर्वाधार बिकास निरन्तर भईरहेकाे प्रधानाध्यापक प्रदीप सिंहले बताउनुभयो । साे विद्यालयमा विद्यार्थीकाे चाप बढ्दै गएका कारण संघ , प्रदेश र स्थानीय तहकाे बजेटसमेत प्रयाेग गरि पुर्वाधार थपिदै आइएकाे छ।
कुनै बेला शिक्षाकाे हब रहेकाे बहादुरगंज माओवादी द्वन्द्व र जनप्रतिनिधि विहिन अवस्थामा शैक्षिक स्तर खस्किदै गएकाे थियाे तर स्थानीय तह निर्वाचन पछि सुदुरपश्चिम
विश्वविद्यालय आवद्ध क्याम्पससमेत संचालन भएकाेले स्थानीयबासी हर्षित छन । क्याम्पस प्रायः जसाे महिलाहरुलाइ उच्च शिक्षाका लागि सरल बनेकाे छ।
प्रधानाध्यापक विवाद र पुर्वाधारकाे कमी तथा व्यवस्थापनकाे कमीले ग्रस्त कृष्णनगर वडा ३ मा रहेकाेे महेन्द्र माध्यमिक विद्यालय पनि सुधाराेन्मुख देखिएकाे छ। नवनियुक्त प्रधानाध्यपक राजेश झां आएपछि प्रअ नियुक्तिकाे विवाद लगभग सकिएकाेे छ । अब विद्यालयमा शैक्षिक स्तर सुधार हुनुपर्नेमा सराेकारवालाकाे जाेड छ । पुर्वाधारकाे अवस्था पनि बिस्तारै सुदृढ हुँदै गएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय कुमार गुप्ताकाे भनाई छ।
त्यस्तै रजाैरिया परिवारकाे नजिकै मानिने विद्यालय श्रीदेवी विद्या पीठ शिवानगर पनि आधारभुत तहकाे स्तराेन्नति गरि कक्षा १० माविसम्म पुर्याइएकाे छ । साे विद्यालयले कृष्णनगर र बहादुरगंजकाे विद्यालयहरुमा हुने विद्यार्थी चापसमेत घटाएकाे छ।

आरटिओ राेडमा पर्ने श्री नेत्र ज्याेति माध्यमिक विद्यालय पनि अहिले कक्षा ११ र १२ तिर उत्कृष्ट परिक्षाफल ल्याएकाे छ । साे विद्यालयमा पुर्वाधार लगायत शिक्षक व्यवस्थापन संताेषजनक रहेकाे विद्यालयका पदेन सदस्य तथा वडाध्यक्ष हरिपाल चतुर्वेदीकाे भनाई छ।

शिक्षा र सडककाे पहुँच नभएकाे कृष्णनगर नगरपालिका कै बिकट मानिने हृदयनगर , भगवानपुर क्षेत्रमा पनि एउटा माध्यमिक विद्यालय संचालन गरिएकाे छ। प्रअ बालेन्द्र श्रीवास्तवले राष्ट्रिय माध्यमिक विद्यालय हृदयनगरलाई नगरकै नमुना विद्यालय बनाउन आफू लागि परेकाे बताउनुभएकाे छ।

राजनीति पहुँचमा अव्वल तरपनि पछाडि परेकाे श्री जनता माध्यमिक विद्यालय कर्मा पनि स्थानीय तह जनप्रतिनिधि आएपछि मावि तहसम्म पुगेकाे छ। प्रयाप्त शिक्षक दरबन्दी नभएकाेले करार शिक्षकले व्यवस्थापन गर्न गाह्राे भईरहेकाे प्रधानाध्यपक कुद्दुस मुसलमानले बताउनुभयो । विद्यालयमा स्थानीय तहले थप पुर्वाधार निर्माण गर्न जरुरी रहेकाेे पुर्ववडाध्यक्ष अनुप कुमार शुक्लाकाे भनाई छ।

त्यसैगरि श्री माध्यमिक विद्यालय अजिगरापनि अहिले व्यवस्थित हुँदै गएकाे छ। प्रअ नियुक्तिमा बर्षाैदेखि विवाद खेप्दै आएकाे साे विद्यालय कक्षा ११ पनि संचालन गर्न प्रयासरत रहेकाे छ।

स्थानीय तह जनप्रतिनिधि निर्वाचिन पछिकाे नगरदेखि वडासम्मकाे नेतृत्वले शिक्षा क्षेत्रमा काम गरेका छन तर स्वास्थ , खानेपानी, सडक , ढल निकास लगायतका प्रमुख विकासका अव्यवहरुबारे पनि सक्रियताका साथ लाग्नुपर्ने सराेकारवालाकाे बुझाई छ ।

Facebook Comments Box