हामी सुध्रिनु पर्छ : पुर्वमन्त्री केसी
कपिलवस्तु , कार्तिक १९ । नेपालका नेता अब सुध्रिनु बाहेक अन्य विकल्प नरहेकाे एउटा कार्यक्रमलाई सम्बाेधन गर्दै पुर्वमन्त्री केसीले बताउनुभयो ।
जिल्लाकाे कृष्णनगरकाे एउटा संस्थाकाे कार्यक्रममा जिल्लाका प्रजिअ जनार्दन गाैतम, प्रहरी उपरीक्षक संन्ताेष आचार्यलगायत सराेकारवालाकाे उपस्थितिमा वर्तमान राजनीतिक अवस्था र जेन्जीकाे आन्दोलनपछि उत्पन्न घटनाक्रमले हामी अब सुध्रिनु पर्ने पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य अर्जुन केसीकाे भनाइ छ । उनले भ्रष्टाचार कर्मचारीले नेतालाई सिखाउंछ र नेताले भ्रष्टाचार गर्न याेजना पार्छ स्वकिय सचिवपनि त्यसैकारण राखिन्छ त्यसैले देशकाे राजनीति विग्रेकाे बताए ।
नेपाल दुई छिमेकीसंगकाे सहकार्यमा अघि बढ्न सक्ने देश हाे तर यहांका नेतृत्व पंक्तिहरु उदासिन रहेकाले पटक पटक आन्दोलन हुने गरेकाे पुर्वमन्त्रीले बताउनुभयाे । कार्यक्रमलाई सम्बाेधनका क्रममा निकै नै साैहर्दय बनेका पुर्वमन्त्री केसी देशकाेे वर्तमान आवस्थाका लागि हामी जिम्मेवार रहेकाे र हामी सुध्रिनु बाहेककाे बिकल्प नरहेकाे स्पष्ट पारेका थिए ।
उनले सबैे राजनीतिकर्मीले अब आत्माअलाेचना गर्ने दिन आएकाे बताए ।
